शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बगरफाँटमा १ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु
बगरफाँटमा १ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत २९, २०७९
bb
म्याग्दी । बेनी नगरपालिका २ बगरफाँटमा मंगलवारदेखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद हरिबहादुर भण्डारीले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै आवश्यकता र प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने वाध्यता रहने भएकोले समस्या भएको छ भन्नुभयो । सांसद भण्डारीले बोलेर काम नगर्नुभन्दा काम गरेपछि मात्र बोल्ने आफ्नो बानी भएको बताउँदै प्राथमिकता र आवश्यकता तय गरेर बजेट माग गर्न स्थानीय सरकारका प्रतिनिधि (वडाअध्यक्ष) र स्थानीयलाई आग्रह गर्नुभयो । त्यसैगरी बेनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष यामबहादुर कार्कीले बगरफाँटका युवाहरुको अग्रसरतामा विशाल खेलमैदान निर्माण गरी यति ठूलो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै बजेट र सामथ्र्यले भ्याएसम्म खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद स्वस्थ जीवनका लागि मात्र होइन सभ्य र सुसंस्कृत समाज निर्माणका लागि पनि अपरिहार्य भएको बताउँदै खेल क्षेत्रको विकासका लागि राज्यले आवश्यक लगानी गर्न सक्नुपर्छ भन्नुभयो । क्लवका अध्यक्ष सुनिल थापाको सभापतित्व,उपाध्यक्ष नारायण थापाको स्वागत र धु्रवसागर शर्माको संचालनमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी तथा अगुवा व्यक्तित्वहरु क्या.मीनबहादुर कार्की, कृष्णबहादुर थापा र चन्द्रबहादुर घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न स्थानका २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगर रु १ लाख, ट्रफि,मेडल र प्रमाणपत्र तथा उपविजेताले रु ५० हजारका साथमा ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ११:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP