शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • देबी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को फस्ट रनरअप घोषित
देबी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को फस्ट रनरअप घोषित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ३, २०८०
Devi
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको ‘मेरो डान्स युनिभर्स’मा म्याग्दीकी देबी गर्बुजा फस्ट रनरअप घोषित भएकी छन् । काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम घर भई हाल यूरोपको बेल्जियममा बस्ने गर्बुजा अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअप भएकी हुन् । नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितामा विश्वका ५२ भन्दा बढी देशबाट १ सय २० जना प्रतियोगितामा सहभागीमध्ये गर्बुजा मगर दर्शकीय मत र निर्णायकको जर्जहरूको आधारमा हरेक चरणका उत्कृष्ट भएपनि अन्तिम प्रतिस्पर्धामा गर्बुजाले रु ३० लाख सहित विभिन्न पुरस्कार प्राप्त गरिन् । बाल्यकालदेखि नै नृत्यमा सक्रिय देवी गर्बूजाको कलात्मक नृत्यलाई दर्शकले रुचाएका छन् भने जर्जहरूले प्रशंसा गरेका छन् । अन्तिम १६ को प्रतिस्पर्धा यता गर्बुजालाई विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोना अन्तराष्ट्रियमार्फत राष्ट्रिय समितिले भोटिङ अभियान नै सञ्चालन गरेको थियो । मोना अन्तराष्ट्रियका सांस्कृतिक संयोजक एवम् उपाध्यक्ष सुर्जे भट्टचनले विश्वभर रहेका म्याग्देलीको भोटिङ अभियानले उपाधीमा पुग्न सहज भएको बताए । ‘हामीले विजेताकै लागि निकै प्रयास गरेका थियौं,‘भोटिङ अभियानमा साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छौ’ उपाध्यक्ष भट्टचनले भने । मोना पोर्तुगलकी महिला उपाध्यक्ष समेत रहेकी गर्बुजा हाल रोजगारको सिलसिलामा बेल्जियममा रहेकी छन् । उनी यसअगाडी समेत मिस नेशनल आइकनको उपाधी समेत जितिसकेकी छन् । विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानाले म्याग्दीकी प्रतिभाशाली गर्बुजा मगरले कला र संस्कृतिलाई नेपाली र नेपालीभाषीसम्म पुर्याउन सफल भएको बताए । यसैबीच प्रतियोगितामा उपविजेता हुने गरी सहयोग गर्ने सम्पूर्णलाई गर्बुजाले धन्यवाद दिएकी छन् । उनले आफ्नो नृत्यले मात्रै नभई भोटिङ गरी सहयोग गरेकाले निरन्तर सफलता मिलेको बताईन् । संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई जीवन्त राख्न धेरै अनुभवी प्रतियोगिसँग अनुभव साट्ने अवसर समेत मिलेको बताईन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP