शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • वैदेशिक रोजगार, समाजसेवा सँगै कलाकारितामा जोडिएका थापा प्रेरणाको श्रोत बन्दै
वैदेशिक रोजगार, समाजसेवा सँगै कलाकारितामा जोडिएका थापा प्रेरणाको श्रोत बन्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस ४, २०७६
kulbir thapa

थम्मन थापा
बागलुङ,शुक्रबार पौष ४ गते ।

रोजगारीको सिलसिलामा अहिले धेरै युवा विदेशमा छन । पछिल्लो समय रोजगारीको मुख्य गन्तव्य जापान बनेको छ । हुन त अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत सँगै युरोप र खाडी मुलुकमा समेत युवाहरुको जमात उत्तिकै छ । विदेशमा रहेपनि आम नेपालीको मन गाउँघरमै छ । युवाहरु आफनो कमाईको केहि अंश गाउँ समाजमा लगानी गरिरहेका छन ।

कला र गला हुनेहरु विदेशमा रहेपनि नेपाली कला संस्कृतिलाई जगेर्ना गर्न लागि परिरहेका थुप्रै उदाहरण छन । यसै मध्यका एक हस्ती हुन गलकोट नगरपालिका ७ मल्मका कुलबिर थापा । सानै देखि गाउँमा छँदा उनले सामाजिक अभियानमा लागे । सामाजिक संघ संस्थामा विभिन्न पदमा रहेर सकृयता पुर्वक भुमिका निर्वाह गरे । देशमा रोजगारीको वातावरण नभएको कारण उनी १० वर्ष पहिले जापान प्रवेश गरे । विदेशमा गएपछि उनले गाउँ समाजमा विभिन्न संघ संस्था र मेला महोत्सव अनि कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आईरहेका छन । अहिले उनी आफनो रोजगार सँगै सांगितिक क्षेत्रमा पनि प्रवेश गरेका छन ।

केहि वर्ष पहिले देखि उनले बजारमा आफना सृजनाहरु प्रस्तुत गरेका छन । ४र५ वटा गीती एल्वम बजारमा ल्याएका गायक थापाले मोडलिङमा पनि भुमिका निर्वाह गरेका छन । जापानमा हुने विभिन्न कार्यक्रममा उनले आफनो सांगितिक प्रस्तुति दिदै आईरहेका छन । आफनो कामलाई समयको व्यवस्थापन गरेर आफु विभिन्न सांगितिक कार्यक्रममा प्रस्तुत हुने गरेको उनले बताए ।

यसपटक छुट्टीमा उनी नेपाल आएका थिए । उनको २ महिने बसाईमा धेरै कार्यक्रमहरुमा उनलाई निमन्त्रणा गरियो । गलकोट नगरपालिका सँगै ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका विभिन्न कार्यक्रममा उनले दर्शक श्रोतालाई मज्जाले नचाए । गत मंसिरमा सम्पन्न दोस्रो गलकोट घुम्टे महोत्सवमा पनि उनले आफनो सांगितिक प्रस्तुति प्रस्तुत गरे । छोटो समयमा आफनो छुट्टै पहिचान बनाएका उनी एक युवा समाजसेवी व्यक्तित्व पनि हुन । गाउँमा रहँदा समाजसेवामा समर्पित भएर भुमिका निर्वाह गरेका उनले अहिले जापानमा पनि विभिन्न संघ संस्थामा आवद्व रहेका छन । गलकोट समाज जापान ओसाकाका उनी वरिष्ठ उपाध्यक्ष छन भनें सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखामा पनि उनी उपाध्यक्षको रुपमा कार्यरत छन । सामाजिक संस्थामा रहेर सामाजिक गतिविधी र सामाजिक जागरण अभियानमा उनको सकृयता पनि उत्तिकै छ ।

अहिले विदेशमा रहेर पनि उनले गलकोट नगरपालिका वडा नं ७ का विभिन्न संघ संस्था र गाउँ समाजको विकासको निम्ति आफनो क्षेत्रबाट सक्दो सहयोग गर्दै आईरहेको जानकारी दिए । गाउँ समाज र देश निर्माण गर्ने जिम्मा युवाहरुको हो । त्यसैले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर समाजिक स्वार्थमा हामी प्रेरित हुन जरुरी छ । समाज र देशको समृद्विमा युवा जमात यसै गरि अगाडी बढन सके समृद्व समाज बनाउनमा ठुलो भुमिका रहने छ ।


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  १५:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP