शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पत्रकारलाई न्यू मिडिया सम्बन्धी विषयमा तालिम
पत्रकारलाई न्यू मिडिया सम्बन्धी विषयमा तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक ३०, २०८१
FB_IMG_1731654833664
बेनी। म्याग्दीमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुका लागि परिवर्तित सन्दर्भमा न्यू मिडिया सम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । बुधवार र बिहीबार जिल्लाको पर्यटकीय क्षेत्र टोड्के पुगेर पत्रकारलाई क्षमता विकासमा न्यू मिडियाको भूमिकाबारे तालिम प्रदान गरिएको पत्रकार महासंघ म्याग्दी शाखाले जनाएको छ । तालिम बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै उहाँले प्रविधिको बढ्दो प्रयोग भैरहेको वर्तमान अवस्थामा पत्रकार आफू पनि परिवर्तन भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षणात्मक मन्तव्यसहित नगर प्रमुख केसीले आफू विगतमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदाको अनुभव सुनाउँदै अहिलेको समय विज्ञान र प्रविधिको युग भएकाले युग सुहाउँदो पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको थियो । आज विश्व ग्लोबल भेलेजमा पुगेको भन्दै उहाँले अबको पत्रकारिता परम्परागत ढङ्गबाट अगाडि बढ्न नसक्ने भएकाले विज्ञान र प्रविधिको विकास सँगसँगै पत्रकार आफूले पनि सोही अनुसार आफ्नो पत्रकारिता पेशलाई रुपान्तरण गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । अहिले पाठक, स्रोता र दर्शक लामा–लामा समाचार भन्दा पनि छोटा र सटिक समाचार तथा भिडियोतर्फ आकर्षित भैरहेको हुँदा पत्रकारले पनि पाठक, स्रोता र दर्शकको रुचिअनुसार पठनयोग्य सामग्रीहरु प्रस्तुत गर्नुपर्ने नगर प्रमुख केसीको भनाइ थियो । उहाँले बेनी नगरपालिकाले समग्र नगर क्षेत्रको विकास निर्माणसँगै धार्मिक तथा पर्यटकीय गन्तव्यका क्षेत्रहरुको पहिचान, पूर्वाधारको विकास तथा पर्यटन प्रवद्र्धनमा जोड दिएको बताउनुभयो । उहाँले म्याग्दीको सदरमुकाम बेनीबजारमा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकामार्फत आवश्यक पूर्वाधार निर्माणमा पहल भैरहेको बताउँदै यसका लागि सरोकारवाला निकाय सबै लाग्नुपर्ने बताउनुभएको छ । तालिम उद्घाटनसत्रमा बेनी नगरपालिका–१०, पात्लेखेतका वडा अध्यक्ष मसविर रोका, रघुगंगा गाउँपालिका–५, झिँका वडाध्यक्ष मनबहादुर शेरमन्जा र टोड्के हिल रिसोर्ट प्रालिका सस्थापक÷सञ्चालक भीम शेरचनले मन्तव्य व्यक्त गर्दै टोड्केमा आयोजित पत्रकारहरुको तालिमले यस क्षेत्रको पर्यटन प्रवद्र्धमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ। तालिमको उद्घाटनसत्र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । दुई दिनसम्म चलेको तालिमको पोखराका पत्रकार एवं समाधान दैनिकका सम्पादक केशवसरण लामिछानेले समाचारलेखन, वर्तमान अवस्थामा न्यू मिडिया सम्बन्धी पत्रकारिता, यसको प्रयोग र महत्व, फिचरलेखनलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । तालिममा म्याग्दी जिल्लामा क्रियाशील स्थानीय तथा राष्ट्रिय मिडियामा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै महासंघका अध्यक्ष पौडेलले आगामी दिनमा पनि पत्रकारहरुको क्षमता विकाससँगै नयाँनयाँ विषयहरुलाई केन्द्रीत गरेर पत्रकारिता तालिम सञ्चालन गरिने बताउनुभयो। तालिमको सुरुवाती दिन बुधवार साँझ टोड्केमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १३:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP