शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अन्नपुर्णमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सम्बन्धी गोष्ठी
अन्नपुर्णमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सम्बन्धी गोष्ठी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन १७, २०७६
annapurna (3)

सुरेन गुरुङ
पोखरेबगर ,शनिबार फागुन १७ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमको दिगोपना सनिश्चितता सम्बन्धी गाेष्ठी सुरु भएको छ । सुआहारा कार्यक्रम मिलन म्याग्दी र गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार सो कार्यक्रम सुरु भएको हो ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमलाई दिगोपना दिन र प्रवद्र्धन गर्नमा गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गर्ने बताउनुभयो । दुई दिन सम्म संचालन हुने कार्यक्रममा उहाँले गाउँपालिका भित्र रहेका सबै नागरिकलाई स्वस्थ आहाराको पहुँचमा ल्याउन गाउँपालिले जोड दिएको बताउनुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक बजेट पनि विनियोजन गरेको बताउनुहँदै सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा उपाध्यक्ष केशमाया मगर प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी लगायत एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमलाई दिगो बनाउन सबैको सहयोगको आवश्यक हुने बताउनुभयो ।
कार्यक्रममा मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिवा पुनले कुपोषणको वर्गीकरण, बालबालिकामा पोषणको अवस्था, कुपोषणका कारण नेपालमा बाल मृत्युदर, पोषणको अवस्था सुधार गर्न नेपालमा भएका पहलहरु, पोषण बारे दिर्घकालिन सोच, लक्ष्य र उद्धेश्यहरु, नगरपालिका स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशन समीतीको काम, कर्तब्य र अधिकार लगाएतका बारेमा जानकारी गराउनुभएको थियो ।


गोष्ठीमा सुआहाराले प्रवद्धन गरेका मुख्य ब्यवहारहरु, सुआहारा कार्यक्रमका आगामी योजनाहरु, पोषण सम्बन्धी सुचकहरुको अभिलेख एंवम् प्रतीवेदनको गुणस्तरको सुधार तथा चुनौतीहरु लगाएतका बारेमा छलफल गरिनेछ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनको अध्यक्षता ,उपाध्यक्ष केशमाया मगरको स्वागत र तथा गाउँपालिका शिक्षा शाखा संयोजक भरत कुमार पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


गोष्ठीमा वडा अध्यक्ष ,सदस्यहरु ,विभिन्न राजनितिक दलका प्रतिनिधि ,लेखा अधिकृत जयाप्रसाद सुवेदी,इन्जिनियर इश्वर भण्डारी ,शिक्षा अधिकृत गणेश बहादुर बरुवाल,सुआहारा कार्यक्रम संयोजक चिरन्जीबी दाहाल ,शिक्षक महासंघ अध्यक्ष रमेश पुन ,विभिन्न विद्यालयका प्रअ ,कर्मचारी तथा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १६:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP