शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जिल्ला प्रशासन सहित यी कार्यालयहरु खुलेपनि अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन्
जिल्ला प्रशासन सहित यी कार्यालयहरु खुलेपनि अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन्
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत ९, २०७६
FB_IMG_1584891654447

म्याग्दी ,आइतबार चैत ०९ गते ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीसहित  सरकारी कार्यालयहरुले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले सामाजिक संजाल मार्फत कोरोनाबाट बच्न सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले गलत समाचार र हल्लाको पछि नलाग्न पनि सुझाव दिनुभएको छ ।

जिल्ला प्रशासन, मालपोत लगायत कार्यालय र स्थानीय तहहरुले कार्यालय खोलेपनि अर्को सूचना जारी नभएसम्मका लागि समान्य प्रकृतिका सेवा स्थगित गरिएको जनाएका छन् ।सेवाग्राहीको भिडभाडका कारण कोरोना फैलने संक्रमणलाई मध्यनजर गर्दै सरकारको निर्णय अनुसार दैनिक रुपमा प्रवाह हुदै आएका नागरिकता प्रमाणपत्र, राहदानी, पेन्सन तथा अन्य सिफिरिस लगायत कार्यहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

विपद् र स्वास्थ्य संग सम्बन्धित बाहेकका सेवाहरु स्थगित भएका हुन् । यसैगरी अन्नपूर्ण गाउँपालिकाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै पालिकाका तातोपानी कुण्ड र पर्यटकीय स्थल भ्रमणमा रोक लगाइएको जनाएको छ ।

अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले कोरोनाबाट जोगिन व्यक्तिगत सरसफाईमा ध्यान दिन र सतर्कता अपनाउन सूचना मार्फत आग्रह गर्नुभएको छ ।

गरिमा विकास बैंकको बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले नेपाल राष्ट्र बैंकले जारी गरेको सुचना अनुसार बैंक क्षेत्र बन्द नहुने जानकारी दिनुभयो । उहाँले विद्युतीय माध्यमबाट कारोबार गरेमा बैंकको शाखा सम्म पुग्न नपर्ने बताउनुभयो । कोरोनाबाट जोगिने उपायको बारेमा जनचेतनामुलक गतिबिधि हुन थालेका छन् । बेनी नगरपालिकाको वडा न. ८ ले कोरोनाको कारण, लक्ष्यण र बच्ने उपाय सहितको सन्देशमूलक पर्चा वितरण गरेको छ ।


प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  २२:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP