शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कोरोना विरुद्ध सबै मिलेर लडौं ः मुख्यमन्त्री गुरुङ (तस्बिर/भिडियो)
कोरोना विरुद्ध सबै मिलेर लडौं ः मुख्यमन्त्री गुरुङ (तस्बिर/भिडियो)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत २८, २०७६
IMG_8206

म्याग्दी ,शुक्रबार चैत २८ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नोभल कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्न सबैलाई आह्वान गर्नुभएको छ । जिल्ला र बेनी अस्पतालमा समस्या र अवस्थाका कारेमा शुक्रबार स्थलगत अवलोकन तथा निरिक्षण गर्न म्याग्दीको सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय म्याग्दीका,बेनी नगरपालिका ,स्वाथ्य कार्यालय ,सुरक्षा निकाय र बेनी अस्पताल विकास समिती मार्फत म्याग्दीमा लकडाउनको अवस्था, अस्पताल र गाउँपालिकामा स्थापना गरिएका क्वारेन्टाइन र आइसोलेशनमा बसेकाहरुलाई प्रदान गरिने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याका बारेमा जानकारी लिनुभयाे ।

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध लडाइमा म्याग्दी अग्रमोर्चामा रहेको बताउनुहुँदै प्रशंसा गर्नुभयो । ‘कोरोना सबैको साझा शत्रु हो ,मिलेर लडौं’मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार लागिपरेको छ,तपाइहरु पनि लकडाउनको पुर्ण पालना गरेर साथ दिनुस् ।’ यसैगरी बेनी अस्पतालको अवस्था र समस्याका बारेमा बुझ्दै मुख्यमन्त्री भन्नुभयो ,‘प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्था गरेको छ’,‘अस्पतालले बिरामीको उपचार र कोरोना रोकथामका लागि प्रभावकारी भुमिका निर्वाह गर्न सक्नुपर्छ ।’

मुख्यमन्त्री गुरुङले उपचारका क्रममा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्नुहुँदै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताउनुभयो । उहाँले कोरोना विरुद्ध लडाइमा खटिने स्वास्थ्यकर्मीलाई संघिय सरकारले ल्याएको २५ लाख रुपैयाँको विमा कार्यक्रमलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ थप गरेर ३० लाख रुपैयाँको विमा गरिदिने जानकारी दिनुभयो ।

https://www.facebook.com/myagdinews/videos/2686093645007931/

यसैगरी लकडाउनबाट प्रभावित गरिब,दैनिक ज्यालादारी गर्ने मजदुर ,श्रमिक तथा विपन्न परिवारलाई राहत वितरण गर्न संघ र प्रदेश सरकारले स्थानीय सरकार मार्फत उपलब्ध गराएको बताउनुभयो । लकडाउनलाई प्रभावकारी बनाउन प्रत्यक जिल्लामा बजेट विनियोजन गरिएको बताउनुभयो । विदेशबाट गण्डकी प्रदेश आएका सबैको स्वाव परिक्षण गरिने उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री गुरुङले चैत महिना यता विभिन्न मुलुकबाट प्रदेशमा भित्रिएका ३७ सय पचास जनाको कोरोना परिक्षणका लागि तयारी भइरेको बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले कोरोना विरुद्धको लडाइमा म्याग्दी अग्रमोर्चामा रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल ,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,बेनी अस्पताल विकास समितिका अध्यक्ष बेल बहादुुर कटुवाल तथा सुरक्षा निकायका प्रतिनिधिहरुले मुख्यमन्त्री गुरुङलाई अस्पताल तथा जारि लकडाउनमा जिल्लामा भएका गतिविधिका बारेमा जानकारी गराएका थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १८:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP