शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अन्नपुर्ण गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण
अन्नपुर्ण गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण
Suren Gurung
Suren Gurung बुधबार, वैशाख ३, २०७७
annapurna rahat bitaran 3

बेनी ,बुधबार बैशाख ०३ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को राकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित गाउँपालिकाका सबै वडा भित्रका विपन्न परिवारलाई गाउँपालिकाले बुधबारदेखी राहत वितरण सुरु गरेको हो । गाउँपालिकाको सहजिकरण र सम्बन्धीत वडाले खरिद गरेर लगत संख्याको आधारमा कार्यविधि अनुसार खाद्यान्न राहत सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको सहजिकरण र सम्बन्धीत वडा मार्फत खरिद गरेर बुधबारदेखी सबै वडामा खाद्यान्न वितरण थालीएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले जानकारी दिनुभयो । वडा कार्यालय मार्फत खरिद र गाउँपालिकाको सहजिकरणमा लकडाउनबाट प्रभावित वडाभित्रका बास्तविक विपन्न तथा श्रमिक परिवारलाई खाद्यान्न राहत वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार श्रमीक तथा विपन्न परिवारलाई दैनिक उपभोग्य खाद्यन्न सामाग्री चामल ,नुन ,तेल र दाल वितरण गरिएको हो ।

‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित गाउँपालिका भित्रका दैनिक ज्यालामजदुर गरेर जिविकोपार्जन गर्दै आएका र विपन्न परिवारलाई गाउँपालिकाले पारित गरेको राहत वितरण कार्यविधि अनुसार दैनिक उपभोग्य खाद्यान्न राहत सामाग्री वितण गरिएको हो,’ अध्यक्ष क्याप्टेन गबुर्जा पुनले भन्नुभयो ।

गाउँपालिकाका आठ वटा वडालाई परिवार संख्याको आधारमा राहत सामाग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै आठ वटै वडाका गरेर ५१४ श्रमीक तथा विपन्न परिवारलाई ४ १८ बोरा चामल ,१६०० के.जी दाल ,८०० के.जी नुन र ०० सय लिटर खानेतेल वितरण गरिएको छ । सम्बन्धीत वडा कार्यालयले संकलन गरेको लगत संख्या अनुसार वडा नं १ मा ३९ ,वडा नं २ मा ४१ ,वडा नं.३ मा १०९ ,वडा नं. ४ मा ४० ,वडा नं.५ मा ९२ ,वडा नं. ६ मा १०७, वडा नं.७ मा ३७ र वडा नं.८मा ३९ गरि ५१४ परिवार संख्या रहेका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

बुधबार वडा नं ८ मा राहत वितरण सकिएको छ भने अन्य बाँकी वडा नं.१ देखी ७ सम्म वडामा विहिबार वितरण सम्पन्न हुने गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले जानकारी दिनुभयो । उहाँका गाउँपालिकाका अध्यक्ष कयाप्टेन गर्बुजा पुनले व्यक्तीगत रुपमा प्रति परिवार संख्याको आधारमा खाद्यान्न राहत सामाग्री थप सहयोग गर्नुभएको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १९:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP