शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ‘लकडाउन’मा माछा मार्ने बढे,करेन्ट लगाएको सूचना दिनेलाई पुरस्कार!
‘लकडाउन’मा माछा मार्ने बढे,करेन्ट लगाएको सूचना दिनेलाई पुरस्कार!
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख ५, २०७७
khola_fish-marne

खोटाङ,शुक्रबार बैशाख ०५ गते । ‘लकडाउन’को अवधिमा खोटाङका विभिन्न खोलामा माछा मार्ने क्रम बढेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’को अवधिमा भेला भएर स्थानीय खोलामा माछा मार्ने क्रम बढेको हो। ‘लकडाउन’का कारण शहर र गाउँका स्थानीय भेला भएर माछा मार्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने अधिक देखिन थालेका छन्।

हाल जिल्लाको रावा खोला, ताप खोला, मेवा खोला, सावा खोला, तावा खोला लगायतका खोलामा माछा मार्ने क्रम बढेको हो। कतिपयले दुवाली छेकेर, जाल हानेर र पासो थापेर माछा मारेको देखिए पनि कतिपयले भने जैविक विविधतालाई नै अशर पुग्नेगरी माछा मारेको गुनासो आउन थालेको छ।

स्थानीय खोलामा करेन्ट लगाएर, विष हालेर वा जिलेटिन पड्काएर माछा मार्न बर्जित गरिएको भए पनि ‘लकडाउन’को अवधिमा कतिपय खोलामा पर्यवरणलाई असर पुग्नेगरी माछा मार्ने गरिएको गुनासो आउन थालेको केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए। खोलामा प्राकृतिक सन्तुलनलाई अशर पुग्नेगरी माछा मारिएको विषयमा कतिपय स्थानीय तह भने बेखबर देखिएका छन्।

करेन्ट लगाएको सूचना दिनेलाई पुरस्कार !
केपीलासगढी गाउँपालिकाले पर्यावरणलाई अशर पुग्नेगरी खोलाको माछा मार्ने व्यक्तीलाई नेपालको जल तथा वातावरण ऐन र विद्युतीय अपराध ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ। ‘लकडाउन’ भएको मौका पारेर खोलामा करेन्ट लगाएर माछा मार्ने गरेको गुनासो आएपछि गाउँ कार्यपालिकाको बैठकले जैविक विविधतालाई खलल पु¥याउनेगरी माछा मार्ने व्यक्तीलाई कडा कारबाही गर्ने निर्णय गरेको हो। गाउँपालिकाको आसपासबाट बग्ने रावा खोलाका विभिन्न स्थानमा करेन्ट लगाएर माछा मारेको जानकारी आएकाले माछा मार्नमा कडाई गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए।

गाउँपालिकाले करेन्ट लगाएर माछा मार्दै गरेको भरपर्दो र सही सूचना दिने व्यक्तीलाई नाम गोप्य राखेर २ हजार पुरस्कार दिने घोषणा गरेको छ। दुवाली छेकेर, जाल हानेर, ढडिया, पासो र बल्छी थापेर माछा मार्न पाइए पनि खोलामा करेन्ट, विष र जिलेटिन प्रयोग गर्न बर्जित गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। ‘गाउँपालिकाभित्रका खोलामा माछा मार्नेक्रममा करेन्ट, विष र जिलेटिन प्रयोग गरेर माछा र अन्य जलचरलाई क्षती पुग्ने, जैविक विविधतालाई अशर पार्ने र वातावरण असन्तुलन पार्ने खालका कार्य गरेको पाईएमा त्यस्ता व्यक्तीलाई पक्राउ गरी कानून अनुशार कारबाही गरिने छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यस बारेमा भरपर्दो र सही जानकारी दिने व्यक्तीको नाम गोप्य राखेर सूचनादातालाई दुई हजार पुरस्कार प्रदान गरिने छ।’

स्थानीय खोलामा करेन्ट लगाएर माछा मारिरहेको सूचना दिएपछि प्रहरी पुग्दा माछा मार्ने समुह केहीबेर भाग्ने र पुःन फर्केर माछा मार्ने गरेको रावाबेँसी गाउँपालिका–६ हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए। वडाध्यक्ष श्रेष्ठले करेन्ट लगाएर माछा मार्ने काम रोक्नका लागि प्रशासन र स्थानीयलाई सामाजिक सञ्जालबाटै आग्रह गरेका छन्।nagariknews


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १२:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP