शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा
घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा
Suren Gurung
Suren Gurung शनिबार, वैशाख ६, २०७७
myagdi-ghodepani

म्याग्दी ,शनिबार वैशाख ०६ गते ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोराना भाइरस (कोभिड–१९)कोरोना रोकथामका लागि गरिएको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घुम्न आएका दुई जना चिनीयाको उद्धार गरिएको छ । घोडेपानी पुगेका एक पुरुष र एक जना महिलालाई घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले उद्धार गरेका हुन् । स्थानीय होटल ब्यवसायीले लकडाउनको समयमा आएका पर्यटकलाई बिहीबार प्रहरीको जिम्मा लगाएका थिए ।

प्रमुख पर्यटकीय स्थल घोडेपानी । तस्बिर : टेकसर पुन

पि ०४०४३९५२ नम्बरको पासपोर्ट भएका गुसङ हुन (GUOSNG HUN) पुरुष र जि ५१५३५५७६ नम्बरको पासपोर्ट भएकी सुनफिन लिअङ (SUANFEN LIANG) को उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो ।

सन २०२० मार्च १० तारिकका दिन पोखरा प्रवेश गरेका उनिहरु कास्कीको घान्द्रुक हुदै घोडेपानी आइपुगेका हुन् । उनिहरुलाई घोडेपानीबाट भुरुङ्ग तातोपानीको सर्वोदय माविको भवनमा अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको म्याग्दीका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरले बताउनुभयो ।

क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था र स्वास्थ्य परिक्षण गरेर चिनिया राजदुतावासको जिम्मा लगाइने प्रहरीले जनाएको छ । सोधपुछका क्रममा तीनीहरु कास्कीको क्वारेन्टाइनबाट भागेर पदयात्रामा निस्किएका पाइएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।

लकडाउनकै अवधिमा यसअघि जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगमा दुई जना चिनिया र बेनी नगरपालिका–६ गुफाबाट एक जना दक्षिण कोरीयाका पर्यटकको उद्धार गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १६:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP