शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • अन्नपूर्णले क्वारेन्टाइन थप विस्तार गर्ने ,गाउँपालिका भित्रने नाकामा कडाई
अन्नपूर्णले क्वारेन्टाइन थप विस्तार गर्ने ,गाउँपालिका भित्रने नाकामा कडाई
Suren Gurung
Suren Gurung आइतबार, वैशाख १४, २०७७
Annapurna-Gaupalika-myagdi-office

म्याग्दी ,आइतबार वैशाख १४ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकाले क्वारेन्टाइन बढाउने भएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा शनिबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको कार्यपालिकाको बैठकले वडा नं. २ स्थित भुरुङ्ग तातोपानीको सर्वोदय माविमा स्थापित क्वारेन्टाइन बढाएर ५० बेड क्षमताकाे बनाउने भएको हो । क्वारेन्टाइनको क्षमता थप बढाउन वडा अध्यक्ष ओमप्रसाद फगामीको संयोजकत्वतामा क्वारेन्टाइन संचालन समिति गठन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।

क्वारेन्टाइन सञ्चालन र त्यहाँ बस्नेहरुको खाना खाजाको व्यवस्थापन गर्न संचालक समितिीका संयोजक वडा अध्यक्ष फगामी संगै कार्यपालिका सदस्य आत्मा तुलाचन, घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, नारच्याङ्गका अध्यक्ष चन्द्रप्रसाद फगामी, दानाका अध्यक्ष नरसिंहबहादुर पुर्जा, कार्यपालिका, बिष्णुकुमारी दमै, बिरबहादुर पौडेल, थमबहादुर बिक र पवित्रा खड्का सदस्य तथा स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल सदस्य सचिव रहनुभएको समिति गठन भएको छ ।

बैठकले गाउँपालिका भित्र्ने मुख्य नाका महभिरमा पुलबाट हुने आवतजावतलाई कडाई गर्ने निर्णय गरेको छ । महभिरको पुलमा स्वयंसेवक खटाएर गाउँपालिकाले समन्वय गरि अनुमति प्राप्त सवारी साधन बाहेकका अन्यलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो । महभिर बेनी–जोमसोम सडक अन्तर्गत पर्ने गाउँपालिका भित्र्ने मुख्य नाका हो ।

प्रमुख प्रशासकिय अधिकृत सुवेदीका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न आवतजावतलाई कडाई गरिएको हो । उहाँका अनुसार बाहिरी जिल्लाबाट आउन सबै नागरिकहरु अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

महभिर पुलबाट हुने आवत जावतको अनुगमन गर्न वडा नं.७ का अध्यक्ष गमबहादुर फगामीको संयोजकत्वमा राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजा, दोवाका अध्यक्ष दिलिपकुमार गर्बुजा, कुलप्रसाद पुर्जा, हेमचन्द्र गर्बुजा, मायादेवि पाइजा र कृष्ण पुन सदस्य रहेको अनुगमन समिति गठन भएको छ ।

क्वारेन्टाइन व्यवस्थापन, सञ्चालन फिवर क्लिनिक, हेल्थ डेक्समा खटिने स्वास्थ्य सेवाका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुुनले बताउनुभयो । गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि ७० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

अध्यक्ष क्याप्टेन गर्बुजा पुुनले लकडाउनको पुर्ण रुपमा पालन गर्न समेत सबैलाई अनुरोध गर्नुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनका अनुसार गाउँपालिकाले पहिलो चरणमा विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने, उनिहरुको कोरोनाको द्रुत परिक्षण गरेको छ । अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्ग , पोखरेबगरमा स्थास्थ्य सहायता कक्ष र फिवर क्लिनिक सञ्चालन, लकडाउनबाट प्रभावित विपन्नलाई खाद्यान्न वितरण गरेको छ ।


प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १८:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP