शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ५ बर्ष पछि दुधको मूल्य बढ्यो
म्याग्दीमा ५ बर्ष पछि दुधको मूल्य बढ्यो
अमित विश्वकर्मा
अमित विश्वकर्मा बिहीबार, साउन १, २०७७
dudh

बेनी । म्याग्दीमा बिहिबारदेखी दुधको मुल्यमा वृद्धी भएको छ । म्याग्दी दूध उत्पादक तथा डेरी ब्यवसायी समितिको असार २० गतेको बैठकको निर्णय अनुसार साउन १ गते देखि लागू हुने गरि दूध र दहिमा प्रती लिटर २० रुपैयाँ मूल्य बढाइएको हो ।

file photo

वृद्धि भएपछि दुधको मूल्य १०० र दहिको मूल्य १२० रुपैयाँ भएको छ । करिब ५ बर्ष पछि दूध उत्पादक कृषकहरु सङ्ग समन्वय गरि मूल्य वृद्धि गरिएको समितिका अध्यक्ष कोषानन्द आचार्यले बताउनुभयो । यस अघि कृषक बाट प्रती लिटर ६७ रुपैयाँमा दूध खरिद गरि डेरि बाट ८० रुपैयाँमा बिक्री हुँदै आएको थियो । दहिको मूल्य प्रती लिटर १०० रुपैयाँ थियो ।

हाल कृषकले लिएको दुधबाट दहि जमाउन गार्हो भएकोले कृषकबाटै बढी मुल्यमा गुणस्तरको दूध खरिद गर्नु पर्दा बिक्री मूल्य बढाउनु परेको अध्यक्ष आचार्यले बताउनुभयो । कृषकले लिएको दुधमा पानीको मूल्य जति छ सोही अनुसारको मूल्य निर्धारण गर्ने ब्यबस्था गरिएको छ ।

‘कृषकले २५ ल्याक्टोमिटर दूध अनिवार्य लिनुपर्ने र सो भन्दा कम गुणस्तरको दूध डेरिमा नराख्ने निर्णय गरेका छौँ,’–अध्यक्ष आचार्यले भन्नूभयो ,‘बरँजा, सिङ्गा, तातोपानी, बाबियाचौर लगाएतका ठाउँबाट धेरै मात्रामा दूध ल्याउने कृषकहरुलाइ मूल्य वृद्धिले प्रत्यक्ष फाइदा पुगेको छ ।’

२७ ल्याक्टो दुधलाइ ८१ रुपैयाँमा खरिद गर्ने र १०० रुपैयाँमा बिक्री गर्न बेनिमा संचालित सबै डेरिलाइ समितिले अनुरोध गरेको छ । दुधको खरिद मूल्य बढे संगै चियाको मूल्य पनि बढेको छ । अब डेरिमा चिया पिउदा प्रती कप २५ रुपैयाँ तिर्नु पर्नेछ ।


प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  २०:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP