शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्धकारमा पहिरो प्रभावित क्षेत्रका बासिन्दा,जनजीवन कष्टकर
अन्धकारमा पहिरो प्रभावित क्षेत्रका बासिन्दा,जनजीवन कष्टकर
अमित विश्वकर्मा
अमित विश्वकर्मा शुक्रबार, साउन २, २०७७
received_281034082960222

बेनी  ।म्याग्दीको धवलागिरी गाउँपालिका- ६ र ७ का पहिरो प्रभावित क्षेत्रमा विद्युत र खानेपानीको समस्या उत्पन्न भएको छ । गत असार २५ गते रातिको पहिरोले विद्युतका पोल तथा खानेपानीका आयोजनाहरुलाइ क्षति पुर्याएपछी मर्मत हुन नसक्दा समस्य उत्पन्न भएको हो ।

१ हप्ता बढी विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियको दैनिकी कष्टकर बनेको छ । मोबाइल फोनको टावरले काम गरेता पनि चार्ज गर्न नपाउँदा त्यहाँका बासिन्दाहरु संचार सुबिधाबाट बन्चित भएका छन । बिदेशमा भएका परिवारका अन्य सदस्यहरु सङ्ग कुराकानी गर्न पनि असहज भएको छ ।

धवलागिरी- ६ मराङको अर्बाङमा रहेको माइक्रो हाइड्रोलाई मर्मत गरि त्यहाँ बत्ती बालिएको छ तर वडा नं ६ को बाँकी गाउँ र वडा नँ ७ को पुरै गाउँ १ साता देखि अन्धकार बनेको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।उहाँका अनुसार ताकमको मुख्य खानेपानी आयोजनालाइ पहिरोले क्षेती पुर्याएपछि समस्या भएको छ ।

एक वटा सार्बजनिक धाराको पानी प्रयोग गर्दै आइरहेका स्थानीयलाइ बैकल्पिक पानीको ब्यबस्थापन गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो । मराङका पहिरो प्रभावितहरुलाइ अस्थायी रुपमा ब्यबस्थापन गरिसकिएको तर धारापानी र ताकमको प्रभावितहरुलाइ ब्यबस्थापनमा कठिनाइ भइरहेको अध्यक्ष पुनको भनाइ छ ।

त्यसैगरी मालिका - ७ बिमको पहिरो प्रभावित क्षेत्रमा पनि यस्तै समस्या रहेको छ । विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियलाइ मोबाइल चार्ज गर्न, ईन्टरनेट चलाउन, र आफन्तजन सङ्ग सम्पर्क गर्न समस्या भएको छ । रुन्माको टावरले काम गरेपनी विद्युत नहुँदा मोबाइल फोन चलाउन र बिदेशमा रहेका सहयोगी हरु संङ्ग सामाजिक संजालमा कुराकानी गर्न असहज भएको वडा अध्यक्ष रेशम जुग्जाली (सुबिन)ले बताउनुभयो ।

यता विद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रका प्रमुख माधब महतले बाटो अबरुद्ध भएका कारण विद्युत समयमै मर्मत गर्न नसकिएको बताउनु भएको छ । बाढी र पहिरोका कारण मालिकामा ९ वटा ट्रान्सफर्मर बन्द भएकोमा ४ वटा मर्मत गरि संचालन गरिएको र बिममा पनि मर्मतका लागि प्राबिधिक टोलि पठाइसकिएको महतले बताउनु भयो । धौलागिरी गाउँपालिकामा रहेका ७ वटै ट्रान्सफर्मर बन्द भएका छन । सडक अबरुद्ध भएकोले मर्मतका लागि अझै केही दिन लाग्ने प्रमुख महतले बताउनुभयो ।

बिममा विद्युत मर्मत, राहतका सामाग्री ढुवानी लगाएतका कार्यलाई सुचारु गर्नका लागि दरबाङ देखी खारा सम्मको सडक डोजर प्रयोग गरि मर्मत गर्न लागिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । खारा देखि बिम सम्म खच्चड सम्म हिड्न सक्ने गरि बाटो बनाउन वडालाइ निर्देशन दिएको अध्यक्ष रोकाले बताउनुभयो ।

उता धवलागिरीमा पनि दरबाङ देखी धारापानी र हिलापोखरी ताकम हुँदै धारापानीको सडकमा छुट्टाछुट्टै डोजर प्रयोग गरि सडक मर्मत गर्न सुरु गरिएको छ । सडक सुचारु गर्न सके पहिरो प्रभावितहरुको ब्यबस्थापनमा सहज हुने अध्यक्ष पुनले बताउनु भयो ।


प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १४:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP