शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • आगोले पोलेर गम्भीर घाइते भएका ताकमका खत्रीको उपचारका लागी आर्थिक सहयोग
आगोले पोलेर गम्भीर घाइते भएका ताकमका खत्रीको उपचारका लागी आर्थिक सहयोग
अमित विश्वकर्मा
अमित विश्वकर्मा आइतबार, साउन ४, २०७७
takam agole poler3

बेनी ।म्याग्दी जिल्ला धवलागिरी गाउँपालीका–७,ताकमका आगोले पोलेर गम्भीर घाइते भएका ६० बर्षिय तम बहादुर खत्री ( सुस्त मनस्थिति भएका )को उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । मिती २०७७ असार २८ गते आफ्नै घरमा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा ज्यानमा आगो सल्किएर खत्री गम्भीर घाइते हुनु भएको थियो ।

आर्थिक अबस्था अत्यन्तै कमजोर भएका खत्रीको उपचारका लागि शनिवार म्याग्दी समाज अष्ट्रेलियाबाट ४० हजार, म्याग्देली युवा आवाज बाट १५ हजार, नारायण जिसीबाट १५ हजार, सुबिन श्रेष्ठ बाट २ हजार र दामोदर शर्मा बाट १ हजार सहयोग प्राप्त भएको आर्थिक संकलन अभियानका संयोजक प्रकाश पौडेलले जानकारी दिनु भयो ।

खत्रीलाइ ताकममा सामान्य उपचार पछि थप उपचारका लागि युवा व्यवसायी नारायण जिसी र राजेश शाक्यको ब्यक्तिगत खर्चमा प्रभु एयरको हेलिकप्टर मार्फत असार ३१ गते थप उपचारको लागी बेनी अस्पताल ल्याइएको थियो ।शरिरका हात, खुट्टा, अनुहार, ढाड, कम्मर लगाएतका बिभिन्न भागहरु जलेको अवस्थामा रहेको खत्रीलाइ बेनि अस्पतालमा चार दिन उपचार पश्चात् शनिबार गण्डकी अस्पताल पोखरा रिफर गरिएको थियो ।

अस्पतालका डाक्टरका अनुसार उहाँको शरिरको अन्य भागको छाला काटेर पोलेको ठाउँमा प्रयोग गरी उपचार गर्नुपर्ने जटिल अवस्था रहेकोले धेरै पैसा खर्च हुने बिरामिका आफन्त कुल बहादुर खत्रीले बताउनु भयो । खत्रीको पारिवारीका आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले पोखरामा उपचार गराउने खर्च जुटाउन नसक्ने अवस्था छ । खत्रीलाइ उपचार गरी बचाउनको लागी देश विदेशमा रहनुभएका सम्पुर्ण मनकारी महानुभावहरुलाइ आर्थिक सहयोग गरिदिनुहुन खत्रीका आफन्तले अपिल गरेका छन् ।

यस अघि ताकम गाउँमा घरदैलो गरी उठाइएको ३६ हजार,यामलाल सुवेदी (काठमाण्डौं)बाट ४ हजार रुपैयाँ जिवन कार्की अथक २ हजार रुपैयाँ, ठहर बहादुर भण्डारी १ हजार, र नमस्ते म्याग्दी डिजिटल फोटो सेन्टर बेनीबाट १० हजार गरि ५३ हजार रुपैयाँ खत्रीलाई हस्तान्तरण गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १४:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP