शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगला ४ को न्युखोला महेश सडक निर्माणमा स्थानीयबासीको सहयोग
मंगला ४ को न्युखोला महेश सडक निर्माणमा स्थानीयबासीको सहयोग
अमित विश्वकर्मा
अमित विश्वकर्मा आइतबार, साउन ४, २०७७
sadak3

बेनी । म्याग्दीको मंगला गाउँपालीका –४ बरंजाको महेश देखि न्युखोला जोड्ने मोटरबाटो निर्माण कार्यका लागि स्थानीयबासीबाट ४ लाख ५० हजार बढि आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका– ४ हाल पोखरा निवासी रुकमन्ड चोचाङ्गीले १ लाख ३ हजार ३ सय तेत्तीस रुपैयाँ , मंगला गाउँपालिका–४ हाल युके निबासी अमर बहादुर पुर्जाले १ लाख १ सय एघार रुपैयाँ , मंगला ४ हाल पोखरा निबासी भुमिकला चोचाङ्गीले १ लाख रुपैयाँ , पोखरा निबासी जग बहादुर चोचाङ्गीले ५० हजार र जापान निबासी रोशन चोचाङ्गीले १० हजार सहयोग गरेका न्युखोला महेश मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष उमेश बिश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार दह, न्युखोला, महेश, धापुङ्ग हुँदै ताराखोला गाउँपालीकाको सिमाना सिर्फु देउराली सडक निर्माण योजनाका लागि आर्थिक बर्ष २०७६÷०७७ मा संघिय सांसद भुपेन्द्र थापाको पहलमा सांसद बिकास कोषबाट १५ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यसैगरी ४ नं वडा कार्यालयबाट बिनियोजन भएको ३ लाख रुपैयाँ समेतको रकमले खनेको बाटो एक्लेच्यान भिर सम्म आइपुगेको छ । रकम अभाबका कारणले बाटो निर्माण कार्य बिचमै रोकिदा स्थानीयलाइ आवत जावत गर्न समेत जोखिम रहेकोले जनस्तरबाट सहयोग संकलन गरि उक्त जोखिम क्षेत्रमा बाटो खन्न लागिएको अध्यक्ष बिश्वकर्माले बताउनुभयो ।

२०६७ सालमा दह, न्युखोला हुँदै धापुङ सम्म सडक खनिएको थियो । त्यसपछि स्थानीयले १२ लाख रुपैयाँ संकलन गरि धापुङ्ग देखि महेश सम्म सडक पु¥याएका थिए । तर ४० घरधुरीको बसोबास रहेको महेशबासीलाइ उक्त सडक घुमाउरो भएपछि न्युखोला देखि सिधै महेश सम्मको नयाँ ट्रयाक खोल्न थालिएको अध्यक्ष बिश्वकर्माले बताउनुभयो । उहाँका अनुसार न्युखोला देखि महेश सम्मको ९ सय मिटर मध्य करिव ६ सय मिटर बाटो खनि सकिएको छ । बाकीँ ३ सय मिटरमा भिर पहरा रहेकाले समय र बजेट पनि धेरै खर्च हुने देखिएको छ ।

महेश गाउँलाइ सुन्तला पकेट क्षेत्रको रुपमा बिकास गर्न सकिने सम्भावना रहेकोले गत आबमा त्यहाँका स्थानीयले भकिम्लीको राखुबाट ब्यक्तिगत रुपमा करिव ४ हजार सुन्तलाका बिरुवा खरिद गरि सुन्तला खेती बिस्तार गरेका छन । सुन्तला उत्पादन पछि निर्यातका हिसाबले पनि यो सडक महत्वपुर्ण हुने र स्थानीयले थप सुबिधा लिन सक्ने उपभोक्ता समितिका सदस्य गोबिन पुनले बताउनु भयो ।
दह, न्युखोला, महेश, धापुङ्ग हुँदै सिर्फु देउराली अर्गल जोड्ने मोटरबाटो निर्माणका लागि आब २०७७÷०७८ मा प्रदेश सरकारबाट शसर्त अनुदान शिर्षक अन्तर्गत ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको मंगला गाउँपालीकाका अध्यक्ष सत प्रसाद रोकाले बताउनुभयो ।


प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १९:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP