शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विश्व किर्तिमानी पर्वतारोही पुर्जा सहित म्याग्दीका सात जनालाई बिभुषण
विश्व किर्तिमानी पर्वतारोही पुर्जा सहित म्याग्दीका सात जनालाई बिभुषण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज ३, २०७७
nirmal purja

म्याग्दी । संविधान दिवसको अवसरमा विश्व किर्तिमानी पर्वतारोही निर्मल पुर्जा सहित म्याग्दीका सात जना राष्ट्रपतिद्धारा विभिन्न पदकबाट विभुषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित हुनेमा विश्वकिर्तिमानी निर्मल पुर्जा ,समाजसेवी तथा पत्रकार सुरत केसी ,विकास थापा थापा मगर,डा. राजन सुवेदी र शिवलाल शर्मा रहेका छन् । भने यसैगरी यसैगरी श्री बक्स गुल्म अर्थुङ्गे,म्याग्दीमा कार्यरत सेनानी सुरेश देवकोटा महापौरख भास्कर र ईलाका प्रहरी कार्यालय, दरबाङमा कार्यरत प्रहरी हवल्दार खड्कसिहं नेपालीलाई नेपाल प्रताप भुषण प्रदान गर्ने घोषणा गरिएको छ ।

८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान कायम गर्नुभएका नेपाली आरोही पुर्जालाई राष्ट्रपतिद्धारा कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट विभूषितको घोषणा गरिएको हो । सन् २०१२ को डिसेम्बरबाट पुर्जाले हिमाल चढ्न सुरु गर्नुभएको हो । ब्रिटिस सेनामा काम गरिसक्नुभएका पुर्जा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ ,दानामा जन्मनुभएको हो । पुर्जाले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व किर्तिमान कायम गर्नुभएको थियो ।

यसैगरी ,विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै म्याग्दीका पत्रकार तथा समाजसेवी सुरत केसीलाई अलङ्कार (यशोवर्दक) पदकले विभूषितको घोषणा गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा केसी विगत ६ महिना देखि म्याग्दीमा निरन्तर रुपमा क्रियाशिल हुनुहुन्छ । डिसिसिएमसीको सदस्य समेत रहनुभएका केसी पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । केसी कोरोना रोकथामका लागि जिल्लामा अग्रपंक्तीमा रहेर निरन्तर खट्नुभएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौर स्थायी घर भई हाल गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा कार्यरत विकास थापालाई प्रवल जनसेवा श्री चतुर्थ मानपदवी पदक, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा कार्यरत शिवलाल शर्मालाई राष्ट्रसेवक पदक र धवलागिरी गाउँपालिका –७ ताकम घर भई हाल नेपाल प्रहरीको निरीक्षक पदमा कार्यरत डा.राजन सुबेदीलाई “प्रवल जनसेवा श्री चौथो“बाट विभुषितको घोषणा गरिएको राष्ट्रपतिको कार्यालयद्धारा जारी सूचीमा उल्लेख छ ।

यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिने भएको । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने ब्यक्तीलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो ।


प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १९:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP