शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, तेल भर्ने भागमा आगलागी
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, तेल भर्ने भागमा आगलागी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज ४, २०७७
petrol

काठमाडौँ । शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी गाउँपालिकाको बैरेनीमा पेट्रोलियम पदार्थ बोक्ने ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । भारतबाट २० हजार लिटर पेट्रोल बोकेर बाठमाडौँ आउँदै गरेको उक्त ट्याङ्कर राति १ बजेको समयमा त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार ट्याङ्कर गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट २ सय मिटर तल त्रिशूलीमा खसेको छ । ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको डीएसपी खड्काले बताए ।

पानीमा माथिल्लो भाग (तेल भर्ने ठाउँ) मात्रै देखिएकाले ट्यांकरमा लागेको आगो निभाउन कठिनाइ भएको डीएसपी खड्काको भनाइ छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ ।

ट्याङ्कर चालक सुदीप बोहोरा र सहचालक सुरक्षित छन् । उनीहरु बिहान मात्रै प्रहरीको सम्पर्कमा आएका हुन् । ट्याङ्करको स्टेयरिङ भाँचिएर नियन्त्रण गर्न नसक्दा पल्टिएको चालक बोहोराले प्रहरीसमक्ष बताएका छन् । रातोपाटीबाट साभार


प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १०:२७
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP