शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो
कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो
Suren Gurung
Suren Gurung आइतबार, असोज ११, २०७७
kopchepani (6)

पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले कोप्चेपानीको बस्ती उच्च जोखिममा परेपछि सोही वडाको भालेबासमा त्रिपालको अस्थायी टहरामा सारिएको हो ।

‘बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले बस्ती नै उच्च जोखिममा परेपछि कोप्चेपानीका २३ घरपरिवारलाई भालेबासमा अस्थायी टहरा बनाई सारिएको छ ,’–अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो ,‘बस्तीको दिर्घकालिन व्यवस्थापनका लागि गाउँपालिकाले पहल थालेको छ ।’ पहिरोको उच्च जोखिममा रहेको कोप्चेपानीमा खानेपानीका लागि गाउँपालिकाले ४ सय मिटर फाइप उपलब्ध गराएको अध्यक्ष क्याप्टेन गर्बुजा पुनले जानकारी दिनुभयो । पहिरोले बस्ती माथिको जमिन चिराचिरा परेको छ ।

बस्ती स्थानान्तरणका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । सबै परिवारलाई एक/ एक वटा त्रिपालले छाएको टहरा बनाएर राखिएको छ । जिल्ला प्रशासन कार्यालयले १५ थान त्रिपाल र एक रोल म्याट्रेस उपलब्ध गराएको छ । यसैगरी गाउँपालिकाले २३ परिवारलाई प्रति परिवार ओढ्ने ओछ्याउने कम्बल र म्याट्रेस उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । घरका महत्वपूर्ण कागजात, अन्नपात, लत्ताकपडासहित सामान टहरामा सारेका छन् ।

यसैगरी अध्यक्ष क्याप्टेन गर्बुजा पुनले कोप्चेपानीका आमा समुहलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । टहरा बनाउने कार्यमा अध्यक्ष क्याप्टेन गर्बुजा सहित प्रमुख प्रशासकीय अधिकृत सुवेदी ,वडा अध्यक्ष फगामी ,महिला वडा सदस्य पवित्रा खड्का समाजसेवी बेल बहादुर पुर्जा लगायतले सहजिकरण गरेका थिए । पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ३ का १३ घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यसअघि बुधबार अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ३ जलथलेका ३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुन ,प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी र वडा अध्यक्ष चन्द्रप्रसाद फगामी सहितको टोलीद्धारा स्थलगत निरिक्षण पछि शनिबार भालेबासमा अस्थायी टहरा निर्माण गरी आइतबार २३ घर परिवारलाई सारिएको हो । स्थानीयको व्यक्तिगत जग्गामा टहरा बनाएर अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।


प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १७:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP