शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नयाँ पर्यटकीय गन्तव्य बन्दै ‘माहुरी झरना’
नयाँ पर्यटकीय गन्तव्य बन्दै ‘माहुरी झरना’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज १४, २०७७
mahuri jharana

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशस्थित माहुरी झरनाको प्रवर्द्धन गर्न थालिएको छ । आकर्षक उक्त झरना पहाडको खोंचमा रहेकाले ओझेलमा पर्दै आएको थियो ।

बागलुङमा पछिल्लो समय पर्यटन गतिविधि ह्वात्तै बढेपछि नयाँ पर्यटकीय गन्तव्यसमेत पहिचान गर्ने क्रममा अन्यन्तै मनमोहक माहुरी झरनामा पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिइएको छ । लेखानी र रेशको बीचमा रहेको रेश खोलास्थित माहुरी झरनामा पुग्नका लागि पदमार्ग नभएका कारण समस्या भएकाले स्थानीयवासीको सक्रियतामा अहिले व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिइएको छ ।

गत वर्ष गण्डकी प्रदेश सरकारको रु= ११ लाखबाट झरनामा पुग्नलाई गैराघरदेखि नेटासम्म ३ सय मिटर पदमार्ग निर्माण गरिएको थियो । त्यतिले पर्याप्त नभएका कारण अहिले स्थानीयवासीले जनश्रमदानमार्फत पदमार्ग निर्माण गरिरहेको माहुरी झरना प्रवर्द्धनमा लागेका स्थानीयवासी हरि कुँवरले जानकारी दिए । जनश्रमदानबाट अहिले २ सय मिटरभन्दा बढी पदमार्ग बनाइएको र आगामी दिनमा थप एक सय मिटर बढाइने कुँवरको भनाइ छ । “अत्यन्तै सम्भावना रहेको उक्त झरनालाई अहिले आएर बल्ल प्रचारप्रसार गर्न थालिएको छ ।”, कुँवरले भने, “अन्य सामान्य झरनालाई मिडियामा देखेपछि यहाँको झरनलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका साथ लागिपरेका छौँ ।”

करिब २ सय मिटर अग्लो छहरा भीरमाहुरी रहने पहाडमा भएकाले यसको नामकरणसमेत माहुरी झरना गरिँदै आएको स्थानीयवासीले बताएका छन् । उक्त झरनाको प्रचारप्रसार गर्न थालिएपछि आन्तरिक पर्यटकसमेत आउन थालेका छन् । अहिले दैनिक करीब ५० आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने भएपनि झरनामा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा समस्या भएको छ । झरनामा पुग्नका लागि अझै २ सय मिटर पदमार्ग आवश्यक पर्ने हुन्छ ।माहुरी झरना काठेखोला गाउँपालिकाकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने गरी योजना बनाइएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । झरना हिउँदमा समेत नसुक्ने भएकाले यसलाई पर्यटकीय क्षेत्रका हिसाबले यहाँ पदमार्ग, रेलिङ, प्रतीक्षालय र तारबार निर्माण गर्ने लामिछानेले बताए ।

अहिले जनश्रमदानबाट माहुरी झरना सामुदायिक घरबास, मौवाघारी सामुदायिक वन, सगरमाथा युवा क्लब र महिला समूह मिलेर श्रमदानमा पदमार्ग निर्माण भइरहेको छ । गाउँपालिकाको केन्द्रबाट उक्त झरना आधा घण्टाको दूरीमा पुग्न सकिन्छ । रासस/नागरिक खबर


प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १५:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP