म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रघुगंगा गाउँपालिका–७, चिमखोलामा शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले बेबहादुर पुनको नेतृत्वमा नयाँ वडा समिति चयन गरेको छ । अधिवेशनबाट उपसभापतिमा मिठुन पाइजा र सचिवमा रुदिस पहरे पुन चयन हुनुभएको छ ।
त्यसैगरी, वडा समितिको सदस्यमा फेसन पुन, विमला परियार, सीता पुन, जीरसन पुन, जसबहादुर पुर्जा, नगेन्द्र पुन र टिका पुन चयन हुनुभएको रास्वपा म्याग्दीका जिल्ला सभापति युवराज रोका मगरले जानकारी दिनुभयो ।
पार्टीको वडा तहको संगठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यले अधिवेशन आयोजना गरिएको हो । नवनिर्वाचित समितिले चिमखोलामा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउँदै स्थानीय तहमा संगठन विस्तार र पार्टीलाई थप मजबुत बनाउने लक्ष्य रहेको छ ।