शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका बाढी पहिरो पीडितका लागि मोना युकेद्धारा २३ लाख बढी संकलन
म्याग्दीका बाढी पहिरो पीडितका लागि मोना युकेद्धारा २३ लाख बढी संकलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज १७, २०७७
120640069_771939743652451_5424505524261043664_n

बेनी । म्याग्दीका बाढी पहिरो पीडितका लागि म्याग्दी समाज (मोना)युकेले २३ लाख रुपैयाँ बढी जुटाएको छ । अविरल बर्षातका कारण म्याग्दीमा म्याग्दीमा गएको बाढी पहिरोबाट पीडित परिवारका लागि सो रकम संकलन भएको मोना युकेले जनाएको छ ।

संकलित रकम मध्ये पुर्नवासका लागि मोना अन्तराष्ट्रियलाई सात लाख र जिल्लाका स्थानीय तह मार्फत पीडित परिवारलाई आर्थिक सहयोग गर्ने मोना युकेका महासचिव लाल बहादुर पुनले बताउनुभयो । उहाँका अनुसार बाढी पहिरो प्रभावित मालिका गाउँपालिकालाई २ लाख ५० हजार ,धवलागिरी गाउँपालिकालाई २ लाख ५० हजार ,मंगला गाउँपालिकालाई २ लाख तथा कम क्षति भएका रघुगंगा गाउँपालिका १ लाख ५० हजार ,अन्नपुर्ण गाउँपालिकालाई १ लाख ५० हजार र बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीका बाढी पहिरो पीडितका ५० हजार रुपैयाँ वितरण गर्ने निर्णय भएको महासचिव पुन मगरले जानकारी दिनुभयो ।

सो रकम स्थानीय तह मार्फत पीडित परिवारलाई क्षति र आवश्यकताका आधारमा राहत वितरण गर्ने अध्यक्ष दल जुग्जालीले बताउनुभयो । गत असार २५ र २६ गते परेको अविरल बर्षातका कारण गएको पहिरोमा परेर धवलागिगिरी गाउँपालिका वडा नम्बर ६ मराङको विभिन्न ठाउँमा १९ जनाको ज्यान गएको थियो भने दुई जना अझै बेपत्ता छन् । यसैगरी मालिका गाउँपालिका वडा नम्बर ७ बिममा ८ जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् । सोही समयमा दुखुखोलामा आएको बाढीले बगाएर अझै एक जना बेपत्ता छन् ।

बाढी पहिरोको कारण म्याग्दीमा करडौंको भौतिक क्षति भएको छ भने करिब दुई सय परिवार विस्थापित भएका छन् । यसअघि मोना युकेले बाढी पहिरो पीडितलाई तत्काल तीन लाख रुपैयाँ बराबरको राहत वितरण गरेको कोषाध्यक्ष पदम गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन लाख रुपैयाँ मोना युकेको आपतकालिन कोषमा राखिएको छ ।


प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  २३:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP