शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • खुलेको भोलिपल्टै बन्द भयो तातोपानी नाका
खुलेको भोलिपल्टै बन्द भयो तातोपानी नाका
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज २०, २०७७

सिन्धुपाल्चोक । सोमबार खुलाइएको तातोपानी नाका भन्सारमा कार्यरत तीन मजदुरमा मंगलबार चीन क्षेत्रमा कोरोना पुष्टि भएपछि मंगलबार पुन: बन्द भएको छ । यहाँबाट चीनतर्फ सामाग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरिएकोमा अहिलेसम्म ७ जनामा संक्रमण देखिएको छ ।

यसअघिका सीमाक्षेत्रका चार संक्रमित मजदुरको ‘कन्ट्याक्ट ट्रेसिङ’ र उपचार नसकिँदै मंगलबार ३ जनामा कोरोना पोजिटिभ देखिएपछि चीनले वारीपारी कन्टेनर आउजाउ गर्न दिएको छैन । तत्काल ठप्प गरिएको तातोपानी नाका ‘नयाँ मोडालिटी’मा गएर सहज बनाइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ‘यसबारे दुवै पक्षबीच गहन छलफल भइरहेको छ, नयाँ मोडालिटीबाट चाँडै नाका सहज बनाएर छाड्नेछौं,’उनले भने ।

गएको १३ असोजमा नेपाल चीन अधिकारीबीच मितेरी पुलको छलफलले कोरोना भाइरस नियन्त्रण गर्ने र प्राकृतिक विपतबाट बच्ने साइरन राख्नेजस्ता शर्तमा तातोपानी नाका खुलाउने सहमति भएको थियो । यसअघि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड सामाग्री दसैंअघि राजधानी पुर्‍याउने लक्ष्य राखेर नाका सञ्चालनमा ल्याइएको थियो । आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ वटा कन्टेनरबाट लत्ता कपडा, गार्मेट सामग्रीसहित केही तयारी सामाग्री तातोपानी भित्रिएको थियो ।

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार यसअघि चीनले मितेरी पुल पारी स्टोर गरेर राखिएको सामाग्री लिन चालक र मजदुर २९ जना ११ वटा कन्टेनर लिएर मितेरी पुलमा पुग्ने गरेका थिए । तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावना भएकाले तातोपानी नाकाबाट कारोबार नर्गन भन्दै नागरिकलाई सूचना जारी गरेपछि पछिल्लो पटक नाका बन्द थियो । सबै चालक र मजदुरको ५/५ दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलसनमा राखेर उपचार गरिँदैछ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै आहिले पुनस् ३ जनाका कोरोना पोजिटिभ देखिएपछि सीमाबासी आत्तिएका छन् ।

यस्तो छ नयाँ मोडालिटी
चीनको सुख्खा बन्दरगाह जाङ्बु पोर्टमा भएपनि आयात गरिने सामाग्री भने चीनको गोन्जओ, सिगात्से हुँदै खासासम्म ल्याइने गरिएको छ । पीसीआर मेसिनसहित दुई डाक्टरको मेडिकल समूहले सम्पूर्ण मजदुरको कोरोना परीक्षण गरिने उनको भनाइ छ ।

एक चिनियाँ अधिकारीका अनुसार ‘नयाँ मोडालिटी’ अनुरुप चीनको खासा क्षेत्रबाट चिनियाँ कन्टेनरले ल्याएको नेपालको भन्सार यार्डमा ल्याएर सामाग्री स्टोर या खसालेर राखिदिनेछन् । त्यसलाई सेनिटाइज गरिसकेपछि भन्सार प्रोटोकल पूरा गरेर नेपालले लैजाने मोडालिटी ल्याउनेमा स्थानीय प्रशासन र भन्सार टिम छलफलरत छन् ।ekantipurबाट साभार


प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १७:०७
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP