शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने
चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज २९, २०७७
buki

थम्मन थापा
बागलुङ । बागलुङ जिल्लाको चलचित्र बुकिको निर्माण अभियानलाइ तीव्र पारिएको छ । यहाँको पर्यटकीय गन्तब्य, धार्मिक स्थल ,सास्कृतिक पक्ष लगाएतका गतिविधिलाई समेटर पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको छ । हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रा।लि को ब्यबस्थापन मा चलचित्र निर्माण गर्न लागिएको हो ।

‘बागलुङ जिल्लालाई विश्वभर चिनाउने गरि हामीले ऐतिहासिक चलचित्र बुकि निर्माणको अभियान थालेका छौ,’ निर्माण संयोजक राजन केसी मोहनले भने , जिल्लालाई पर्यटकीय गन्तब्य बनाउन हामी सफल हुने छौ । पर्यटकीय, धार्मिक तथा सास्कृतिक सम्पदा चलचित्रमा समावेस गरि चलचित्र तयार हुने संयोजक केसीले बताए । ‘अहिले चलचित्रको कथाबस्तुको काम सकियको छ, हामीले सामाजिक अभियान मार्फत यो काम गर्न लागेकोले अहिले आर्थिक अभियानको काम चालेको छ,’ उनले भने ।

जिल्लाका स्थानीय तह, संघ सस्था, प्रवासी तथा स्थानीय नागरिकसँगको समन्वयमा आर्थिक संकलन गरेर चलचित्र निर्माण हुने अभियानका सचिव थम्मन थापाले जानकारी दिए । गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय गन्यब्य पोखरामा आउने पर्यटकलाई भित्राउन समेत चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने थापाको दावी छ ।

चलचित्र व्यावसायिक नभइ सामाजिक अभियान मार्फत गर्न लागेको आर्थिक संयोजक प्रकाश आलेको भनाइ छ । दुई बर्षदेखि अभियान सुरु गरेको र कथाबस्तुको काम सकेर आर्थिक अभियानमा लागेको उनले बताए ।

‘कोरोना महामरीले पनि हाम्रो अभियान प्रभावित बन्यो, तर उत्साहजनक रुपमा हामीलाई बागलुङबासीको साथ सहयोग मिलेको छ ।’

उनले भने । स्वदेश तथा विदेशमा रहेका बागलुङवासीले साथ र हौसला समेत दिएको आर्थिक संयोजक आलेले बताए ।

चलचित्र निर्माणको लागि आर्थिक संकलन गर्न जिल्ला सवै स्थानीय तहमा सांगीतिक कार्यक्रम समेत गरिने उनले बताए । कोरोरा महामारीका कारण गत चैतदेखि सांगीतिक कार्यक्रम गर्ने भनेपनि गर्न नसकेको आलेको भनाइ छ । सामाजिक अभियान मार्फत निर्माण हुने चलचित्र बुकि को नामाकरण ढोरपाटन सिकार आरक्षमा रहेको बुकि फुलको नाम बाट गरिएको निर्माण समितिले जनाएको छ । चलचित्र नेपाली र अङ्ग्रेजी भाषामा तयार हुने निर्माण समितिले बताएको छ । चलचित्र निर्माणको लागी १ करोड ४० लाख खर्च अनुमान गरिएको छ । निर्माण सम्पन्न भएपछि हुने आम्दानी पनि पर्यटकीय गन्तब्यको भौतिक पूर्वाधार र प्रचार प्रसारमा खर्च गरिने निर्माण समितिले जानकारी दिएको छ ।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १०:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP