शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि खुल्यो जंगल सफारी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि खुल्यो जंगल सफारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक ३, २०७७
rastriye nikunja

कञ्‍चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी खुला गरिएको छ । कोरोनाका कारण चैत ११ देखि बन्द भएको जंगल सफारी शनिबारदेखि खुला गरिएको हो ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ट्रयाक्टरद्वारा घाँसे मैदान व्यवस्थित गरिँदै। यो घाँसेमैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो। निकुञ्ज प्रशासनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मात्रै सफारी गर्न सकिने आफ्नो सूचनामा जनाएको छ । दसैं–तिहारको अवधिमा आन्तरिक पर्यटकहरू आउने भएकाले सफारी र जंगल वाक खुला गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रविन चौधरीले बताए ।

सफारी गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने तथा तोकिएको रुटमा मात्रै सफारी गर्न पाइने जनाएको छ । कोरोनाको जोखिम रहेकै कारण निकुञ्जमा हात्ती सफारी, फिसिङ, र्‍याफ्टिङ र क्याम्पिङ लगायतका गतिविधिहरूमा भने रोक लगाइएको छ । ‘कोरोनाको जोखिम कायमै भएकाले यस्ता गतिविधिमा रोक लगाइएको छ,’ चौधरीले भने ।गत वर्ष १ हजार ७ सय ७३ जना पर्यटक मात्रै शुक्लाफाँटा निकुञ्जमा प्रवेश गरेका थिए । अघिल्लो आर्थिक वर्षमा ६ हजार बढी पर्यटक भित्रिएका थिए । ‘हामीले गत वर्ष ८/१० हजार पर्यटक भित्रिने अनुमान गरेका थियौं,’ चौधरीले भने, ‘तर कोरोनाका कारण लामो समय निकुञ्ज प्रवेशमा रोक लगाउनुपर्‍यो ।’ अहिले निकुञ्जभित्र बाटो सरसफाइदेखि घाँसे मैदान व्यवस्थापनलगायत कामहरू भइरहेका छन् ।

यतिबेला निकुञ्ज घुम्ने राम्रो सिजन मानिन्छ । ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको विशाल घाँसे मैदानमा देखिने बाह्रसिंगेका ठूलो झुन्ड यहाँको प्रमुख आकर्षण हो । घाँसे मैदान व्यवस्थापनपछि नयाँ पालुवा चर्न फाँटभरि हजारौंको संख्यामा एकै ठाउँमा बाह्रसिंगाको झुन्ड सहजै देख्न सकिन्छ । निकुञ्जमा बाह्रसिंगेबाहेक बाघ, गैंडा, हात्ती र चित्तललगायत वन्यजन्तु पनि हेर्न सकिन्छ । कम क्षेत्रफलमा बढी बाघ भएको निकुञ्जका रूपमा पनि शुक्लाफाँटालाई लिइन्छ । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पछिल्लो गणनाअनुसार १६ वयस्क बाघ छन् । ekantipurबाट साभार


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १०:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP