बेनी । म्याग्दीका ६ वटै पालिकामा नेपाली कांग्रेस इतरपक्ष (शेरबहादुर देउवा समूह)ले नयाँ नेतृत्व चयन गरेको छ । यही असोज १५ देखि १९ गतेसम्म वडा र २०–२४ सम्म पालिकाको अधिवेशनबाट जिल्लाका २८ वटा वडा सहित ६ वटै पालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले बेनी नगरपालिकाको नगर सभापतिमा बालकुमार लामिछाने (विश्वकर्मा),मंगला गाउँपालिका सभापतिमा भिमलाल गौतम ,मालिका गाउँपालिका सभापतिमा मोहनबहादुर पुन,धवलागिरी गाउँपालिका सभापतिमा नन्दबहादुर छन्त्याल ,अन्नपूर्ण गाउँपालिका सभापतिमा गोविन्द पुन र रघुगंगा गाउँपालिका सभापतिमा पुर्णप्रसाद छन्त्याल चयन हुनुभएको नेपाली कांग्रेस १५ औं महाधिवेशन तथा आठौं जिल्ला अधिवेशन तयारी समिति संयोजक हिराबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार ,२८ वटा वडामा सभापति सहित नयाँ कार्यसमिति चयन सहित ३७ वटा वडाबाट क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।छिट्टै प्रदेश सभा निर्वाचन क्षेत्र (क) र (ख) को अधिवेशन गरी नयाँ नेतृत्व र प्रदेश महाधिवेशन प्रतिनिधि चयन गरिने संयोजक पुनले बताउनुभयो ।
२८ वडामा छानिए सभापति
नेपाली कांग्रेस (इतरपक्ष)म्याग्दीले १५औं केन्द्रीय महाधिवेशन तथा ८औं जिल्ला अधिवेशनको तयारी स्वरूप जिल्लाका विभिन्न २८ वटा वडाका सभापति चयन भएका छन् । जिल्ला संयोजक हिरा बहादुर पुनका अनुसार ,वडा अधिवेशनबाट सभापतिहरू चयन भएका छन्। इतरपक्षले महिलातर्फ चार जना सभापति चयन गरेकाे छ । उमादेवी सापकोटा (मंगला -४) , लाल कुमारी बानीयाँ (बेनपा-६ ),मिनकुमारी थजाली (रघुगंगा- ५)र थममाया पुर्जा (अन्नपुर्ण-१ ) गरी चार जना महिला सभापति चयन हुनुभएकाे छ ।
इतरपक्षले पाँच जना दलित समुदायबाट पाँच वडा सभापति चयन गरेकाे छ । खड्क बहादुर किसान (मंगला- २) , खुम बहादुर दमाई (मालिका -२ ), भिम श्रीपाली ( धवलागिरी -४ ), नर्गु विश्वकर्मा (धवलागिरी- ५) र सुरज कुमार रामदाम (बेनपा- ५ ) वडा सभापतिमा चयन हुनुभएकाे छ। नेपाली कांग्रेसले आसन्न महाधिवेशन र जिल्ला महाधिवेशनलाई लक्षित गर्दै संगठन सुदृढीकरण तथा तयारीको कामलाई तीव्रता दिइएको संयोजक पुनको भनाइ छ । यसैगरी कात्तिक १५ गते हुन लागेकाे ८औं जिल्ला अधिवेशनकाे तयारी तीव्र पारिएकाे उहाँले बताउनुभयाे ।
संस्थापन पक्षले पुरानै अनुहारलाई दोहोर्याएको भन्दै जिल्ला संयोजक पुनले आफुहरुले वडा र पालिका अधिवेशनबाट खुला, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, श्रमिक, युवा, पेशागत, अपाङ्गता तथा अल्पसंख्यक लगायतका विभिन्न क्लस्टरबाट नयाँ नेतृत्व र प्रतिनिधिहरू सर्वसम्मत चयन गरिएको बताउनुभयो । बाँकी वडाहरुको अधिवेशन पनि छिट्टै गरिने जनाइएको छ ।
वडा सभापतिहरूको नामावली
| क्र.सं. |
सभापतिहरूको नामावली |
|
| १ |
आनोन पुन |
मङ्गला गाउँपालिका वडा नं १ |
| २ |
खड्क बहादुर किसान |
मङ्गला गाउँपालिका वडा नं २ |
| ३ |
उमादेवी सापकोटा |
मङ्गला गाउँपालिका वडा नं ४ |
| ४ |
दिल बहादुर घर्ती |
मङ्गला गाउँपालिका वडा नं ५ |
| ५ |
खम बहादुर दमाई |
मालिका गाउँपालिका वडा नं २ |
| ६ |
भिम सिर्पाली |
धवलागिरी गाउँपालिका वडा नं ४ |
| ७ |
नर्गु विश्वकर्मा |
धवलागिरी गाउँपालिका वडा नं ५ |
| ८ |
सुवास घर्ती क्षेत्री |
बेनी नगरपालिका वडा नं १ |
| ९ |
कृष्ण बहादुर घिमिरे |
बेनी नगरपालिका वडा नं २ |
| १० |
भीमबहादुर थापा मगर |
बेनी नगरपालिका वडा नं ३ |
| ११ |
टेक बहादुर फगामी |
बेनी नगरपालिका वडा नं ४ |
| १२ |
सुरज कुमार रामदाम |
बेनी नगरपालिका वडा नं ५ |
| १३ |
लाल कुमारी बानियाँ |
बेनी नगरपालिका वडा नं ६ |
| १४ |
निरज श्रेष्ठ |
बेनी नगरपालिका वडा नं ८ |
| १५ |
भुमिराज गर्बुजा |
बेनी नगरपालिका वडा नं ९ |
| १६ |
बेगम पाइजा |
बेनी नगरपालिका वडा नं १० |
| १७ |
खिम बहादुर फगामी |
रघुगंगा गाउँपालिका वडा नं १ |
| १८ |
अर्जुन कार्की |
रघुगंगा गाउँपालिका वडा नं २ |
| १९ |
तिर्थलाल बुढुजा |
रघुगंगा गाउँपालिका वडा नं ३ |
| २० |
मित कुमारी धजाली |
रघुगंगा गाउँपालिका वडा नं ५ |
| २१ |
खिम बहादुर शेरपुञ्जा |
रघुगंगा गाउँपालिका वडा नं ६ |
| २२ |
अविनाश पुन |
रघुगंगा गाउँपालिका वडा नं ७ |
| २३ |
जिबिन्द्र छन्त्याल |
रघुगंगा गाउँपालिका वडा नं ८ |
| २४ |
थममाया पूर्जा |
अन्नपूर्ण गाउँपालिका वडा नं १ |
| २५ |
डोलेन्द्र फगामी |
अन्नपूर्ण गाउँपालिका वडा नं ४ |
| २६ |
बाबुराम गर्बुजा |
अन्नपूर्ण गाउँपालिका वडा नं ५ |
| २७ |
हिरा बहादुर पुन |
अन्नपूर्ण गाउँपालिका वडा नं ७ |
| २८ |
राजु पुन |
अन्नपूर्ण गाउँपालिका वडा नं ८ |