शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विद्युतीय यातायात बोर्डको कार्यालय स्थापना
विद्युतीय यातायात बोर्डको कार्यालय स्थापना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर २९, २०७७
bijulibus

बागमती । बागमती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ ।

प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज आयोजित एक कार्यक्रमकाबीच उद्घाटन गरियो । कार्यालयको उद्घाटन बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वार फुयाँलले गरे । उद्घाटन कार्यक्रममा मन्त्री फुयाँलले बागमती प्रदेश सरकारले विसं २०८५ वैशाखसम्म खनिज इन्धनजन्य यातायातका सवारी साधनलाइ विस्थापित गरी प्रदूषणरहित तथा नीकरणीय ऊर्जामा आधारित यातायात सेवा सञ्चालनमा ल्याउने योजना अघि बढाएको जानकारी दिए ।

उनले सबै स्थानीय तहसँग सहकार्य गरी आवश्यक स्थानमा पुनरभरण केन्द्र (चार्जिङ स्टेसन), रिफ्रेस सेन्टर र व्यवस्थित बसपार्क स्थापना गरी विद्युतीय र नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने बसको उचित व्यस्थापन गरिने जानकारी दिए । पहिलो चरणमा काठमाडौंको रिङ्रोडका साथै काठमाडौं–मकवानपुर सडकखण्डलाई प्राथमिकतामा राखी विद्युतीय बस सेवा सञ्चालनको योजना अघि बढाउने मन्त्री फुयाँलले जानकारी दिए ।

सोही अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव एवं प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड सञ्चालन समितिका अध्यक्ष सञ्जिव बरालले यातायात क्षेत्रलाई अब प्रदेश सरकारमार्फत सञ्चालन गर्ने अवधारणाअनुरुप बोर्ड गठन गरिएको बताए । उनले हाल सञ्चालन भइरहेको यातायात प्रणालीलाई व्यवस्थापन गर्न नसकिएको अवस्थामा बोर्डले त्यसको सहज व्यवस्थापन गर्ने धारणा राखे ।

उनले निश्चित समयभित्र खनिज इन्धनबाट चल्ने सवारीलाई विस्थापित गर्दै विद्युतीय सवारीलाई प्राथमिकता दिने प्रदेश सरकारको दीर्घकालीन लक्ष्यलाई क्रमशः कार्यान्वयन गर्दै सफल बनाउन बोर्डले भूमिका खेल्ने बताए । कार्यक्रममा प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका नवनियुक्त निमित्त कार्यकारी निर्देशक डा. सहदेवबहादुर भण्डारीले प्रदेशमा सञ्चालन हुने यातायातलाई व्यवस्थित गर्न बोर्ड गठन गरिएको बताए ।

उनले बोर्डमा विभिन्न तहमा गरी १७ जना जनशक्ति परिचालन हुने जानकारी दिए । भण्डारीले बोर्डले यातायातको व्यवस्थापन गर्ने तथा विशेषगरी विद्युतीय सवारी सञ्चालनलाई प्राथमिकता दिने बताए । प्रदेश सरकारले प्रदेशभरी विभिन्न सडक रुटमा ३० भन्दाबढी बिद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएको छ । रासस


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १५:२९
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP