शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • घान्द्रुक देउरालीको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर
घान्द्रुक देउरालीको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर
Suren Gurung
Suren Gurung शनिबार, पुस १८, २०७७
dadheko

म्याग्दी ।म्याग्दी र कास्कीको सिमानामा रहेको पर्यटकीय स्थल घान्द्रुक देउरालीको भिषण डढेलो नियन्त्रणमा म्याग्दीको तर्फबाट समेत टोली खटिएको छ। १२ गते रातीदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन सहितको टोली डढेलो नियन्त्रणका लागि स्थलगत अवलोकन गरेकाे छ । डढेलो निभाउन गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा सहित घोरेपानी ,चित्रे र खिबाङबासीले समेत श्रमदान गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले एक्यापको टोलीसँग शुक्रबार भेटेर आवश्यक जनशक्ती थप गरी नियन्त्रणको उपाय खोज्न निर्देशन दिनुभएको छ । साथै शनिबार कास्कीले डढेलो निभाउनेछ ।

‘केही दिन अघिदेखी जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ,’अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो ,‘शुक्रबार म्याग्दीको तर्फबाट आगो निभाउने काम भएको छ भने शनिबार थप जनशक्ती परिचालन गर्न एक्याप टोली लगायतलाई निर्देशन दिएको छु ।’ विश्वकै ठूलो गुराँसको जंगलमा फैलिएको डढेलो घोरेपानी, पुनहिल तथा आसपासका जंगलमा समेत सल्किने जोखिम बढेपछि नियन्त्रणका लागि खटिने टोलीलाई खर्चको ब्यवस्थापन गर्ने अध्यक्ष पुनले बताउनुभयो ।

उहाँले म्याग्दी क्षेत्रमा डढेलो फैलिन नदिन अग्नी रेखा बनाउन समेत स्थानीय बासीलाई अनुरोध गर्नुभएको छ । हावाहुरीका कारण डढेलोले घोरेपानी आसपासका जंगल समेत जोखिममा परेपछि एक्यापका प्रतिनिधि नन्दलाल पाण्डेको नेतृत्वमा थप टोली शनिबारदेखि परिचालन हुने बताइएको छ । घुँवाको मुस्लोले म्याग्दी र कास्की क्षेत्रमा पने हिमश्रृंखला समेत छेकेको छ । चोरीशिकारीका लागि गएका व्यक्तिले मात्र आगो लगाएको हुनसक्ने आंशका गरिएको छ।आगलागी हुँदा वन्यजन्तु, रुखविरुवा नोक्सान हुने उहाँले बताउनुभयो । डडेलोका कारण बन्यजन्तु र पंक्षीको बासस्थानमा असर परेको छ । काठ, दाउरा, घाँस, बोटबिरुवा र जडिबुटि जलेर नष्ट भएको छ ।


प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ००:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP