शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कला,संस्कृति बचाउन म्याग्दीमा संग्रहालय माग
कला,संस्कृति बचाउन म्याग्दीमा संग्रहालय माग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन १८, २०७५
IMG_8218

बेनी शनिबार फागुन १८ गते । भाषा ,कला र सस्कृतीको संरक्षणका लागि म्याग्दीका सरकारवालाहरुले संग्राहलय स्थापनाको माग गरेका छन् । म्याग्दीका आदिवासी जनजातीहरुको लोपोन्मुख मातृभाषा, माैलीक कला र संस्कृतीलाई जिवन्त दिन म्याग्दीमा संग्रहालय स्थापना गर्न माग गरेका छन् ।


बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशनको अवसरमा बेनीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगर समक्ष यस्तो माग गरेका हुन् ।

उनिहरुले म्याग्दीमा माैलिक कला संस्कृतीमा धनी मगर,छन्त्याल,नेवार ,थकाली तथा गुरुङ्ग जातका आदिबासी जनजाती समुदायको बसोबास भएकाले उनिहरुको भाषा ,कला ,कला संस्कृतीको पहिचान संरक्षण एवम् प्रवद्र्धन तथा उनिहरुलाई जिवन्त दिन म्याग्दीमा संग्रहालय आवश्यक रहेको बताए । सरकारको अनुदार तथा संकीर्ण सोचाईले गर्दा मौलिक कला ,संस्कृतीहरु लोप हुने अवस्थामा पुगेको बताउँदै चिन्ता व्यक्त गरेका छन् ।

  • सम्बन्धीत भिडियो
https://youtu.be/Q2qV9NZ23_o


संग्रहालय निर्माण संगै सबै जातीको भाषा कला ,संस्कृती ,रहनसहन ,ुउनिहरुले प्रयोग गर्ने गरेको पुरातात्वीक बस्तुहरुको संरक्षण ,पहिचान प्रबद्र्धन तथा भावि पुस्तामा भाषा ,कला र संस्कृती रुपान्तरणमा सहज हुने बताएका छन् ।


साथै म्याग्दीमा संग्रहालय स्थापना संगै भाषा, कला, संस्कृतीबाट आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गरि म्याग्दीलाई अर्थतन्त्रमा मजबुत बनाउन सकिनेमा जोड दिएका छन् ।
बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठले म्याग्दी भौगोलिक रुपमा विविधता भए जसरी विभिन्न जातजातीहरुको बसोबास रहेको बताउनुभयो ।

घना आदीबासी जनजाती समुदायहरुको बस्ती रहेको म्याग्दीमा कला, संस्कृति, रहन, सहन र वेशभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागिसमेत संग्रहालय अावश्यक भएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

उहाँले म्याग्दी आदिबासी जनजाती मगर समुदायको लोकप्रिय थाली नाचको उद्गम स्थलको रुपमा परिचित भएपनि राज्यले आवश्यक चासो नदिँदा ओझेलमा परेको बताउनुभयो ।
कला, भाषा, कला तथा संस्कृतीको संरक्षण एवम् उत्थानका लागि आफुले वडाबाट बजेट विनियोजन गरेको जानकारी दिँदै हरेक स्थानिय तहले कला संस्कृती संरक्षणमा जोड दिन आग्रह गर्नुभयो ।


देश समृद्ध हुन आर्थिक विकासले मात्र सम्भव नहुने बताउदै देश समृद्धि बनाउन राज्यले हरेकजातजातीहरुको भाषा, कला तथा संस्कृतीको पहिचान र उनिहरुको अस्तित्वलाई सम्मान गरी संरक्षण एवम् पर्बद्धन गर्नमा लाग्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो ।

यसैगरी नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमार थापा मगरले विभिन्न कालखण्डमा विभिन्न बाहनामा मगर समुदाय सगै सिंगो आदिबासी जनजाती समुदायको भाषा, कला, संस्कृती तथा पहिचान लोप गराउदै आएको बताउँदै बर्तमान राज्य सत्ताले सबै जातजातीको भाषा कला संस्कृती तथा उनिहरुले प्रयोग गर्दै आइरहेका पुरातात्तिक बस्तुहरुको सम्मान गरि संरक्षण तथा प्रबद्र्धनका लागि संग्रहालय आवश्यक रहेको बताउनुभयो ।आदीबासी जनजातीहरुले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री जोगाउनका लागि संग्रहालय आधार बन्ने सचिव थापा मगरको दावी छ ।


यसैगरि नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरले आदिवासी जनजातीहरुको भाषा, कला, संस्कृतीको पहिचान प्रबद्र्धन तथा संरक्षण गर्न र जिवन्त जोगाइ राख्न हरेक स्थानिय तह तथा जिल्लाहरुमा संग्रहालय स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमा प्मुख अतिथीकाे रुपमा म्याग्दी अाउनुभएकी मन्त्री थापा मगरले राज्यले सबै जातजातीहरुको भाषा, कला ,संस्कृतीको सम्मान गरेको बताउनुभयो । उहाँले म्याग्दीमा भौगोलिक विविधता संगै विभिन्न जातिय कला संस्कृतीमा पनि विविधता युक्त जिल्ला भएको बताउदै सबै जातजातीको भाषा, कला ,संस्कृती तथा पहिचानको संरक्षण तथा प्रबद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले म्याग्दी जनजातीहरुको बाहुल्यता भएको जिल्ला बताउनुहुँदै आदिबासी जनजातीहरुको जिवनस्तर माथी उकास्न स्थानिय सरकारहरुले पनि सहयोग गनुपर्नेमा जोड दिनुभयो ।


संग्रहालय स्थापना हुन सकेमा आदिवबासी जनजातीहरुको छरिएका भाषामा एरुपता ,भावि पुस्तामा कला संस्कृती हस्तान्तरण तथा रुपान्तरण गर्न सहज हुनुका साथै उनिहरुलाई आफ्नो पुर्खाहरुको पराम्परागत रहनसहन लगायत उनिहरुले प्रयोग गर्ने गरेका पुरातात्तिक बस्तुहरुको बारेमा जानकारी दिन सहज हुनुका साथै समग्र म्याग्दीलाई पर्यटनबाट अर्थतन्त्रमा ठुलो टेवा पुग्ने सरोकारवालाहरुको भनाई छ ।


प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५  २३:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP