शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसको बृहत विरोध प्रदर्शन (फोटो फिचर )
प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसको बृहत विरोध प्रदर्शन (फोटो फिचर )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन ३, २०७७
DSC_0152
बेनी ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधाकि कदम विरुद्धमा नेपाली कांग्रेस म्याग्दीले बृहत विरोध प्रदर्शन गरेको छ । संबिधानको मुल्य ,मर्म र भावना बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गर्नुभएका प्रधानमन्त्री शर्मा ओलीका विरुद्ध नपाली काँग्रेस म्याग्दीले सोमबार सदरमुकाम बेनी बजारमा बृहत बिरोध प्रर्दशन गरेको हो । बृहत विरोध सभालाई केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख इश्वरी न्यौपानेले सम्बोधन गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रीक भएको बताउनुभयो । निर्मला पन्त, भागिरथी भट्ट लगायत चेलीहरुको बलात्कार र हत्यामा संलग्नहरुको पहिचान तथा कारबाही गर्न सरकार असफल भएको नेता न्यौपानेले बताउनुभयो । करिब दुई तिहाईको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाउनुभयो । नेता न्यौपानेले प्रधानमन्त्रीको तानाशाही शासन धेरै समय नटिक्ने बताउनुभयो ।प्रधानमन्त्रीले संसद र सिंहदरबारबाट भागेर बालुवाटारबाट देश चलाउने दुस्प्रयास गरेको नेता न्यौपानेको भनाई थियो । आफ्नो पार्टीभित्रको बिवाद ब्यवस्थापन गर्न नसकेर संसद बिघटन गरेका प्रधानमन्त्रीले असक्षमता प्रस्तुत र जनमतको अपमान गरेका बताउनुभयो । प्रतिनिधिसभाको बिषयमा सर्वोच्च अदालतले गर्ने निर्णय मान्नुपर्ने न्यौपानेको भनाई थियो । कार्यक्रममा नेपालीकांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’र पुर्व जिल्ला सभापति डाक्टर भुपेन्द्रबहादुर खड्काले प्रधानमन्त्रीले प्तिनिधिसभा विघटन गरेर देश र जनमत माथि अपमान गरेकाले त्यसको विरुद्ध कांग्रेस सडकमा आउनुपरेको बताउनुभयो । उहाँहरुले सरकार संविधानको हत्या गर्न लागि परेको समेत आरोप लगाउनुभयो । यसैगरी ,कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष एवं तरुणदल म्याग्दीका उपाध्यक्ष श्रीप्रसाद रोका मगर , दलित संघका त्रिलोकचन्द्र बिक , अन्नपुर्ण गाउँपालिका कार्यसमितिका सभापति लेप्टेन बेल बहादुर पुर्जा ,नेपाल महिला संघका सभापति बिमला गौचन, प्रदेश निर्वाचन क्षेत्र ख का सचिव श्रीराम पौडेल लगायतले महामारीमा पनि सरकारले औषधी खरिदमा भ्रष्ट्राचार गरेको बताउनुभयो ।   नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाको अध्यक्षता, उपसभापति माधवप्रसाद रेग्मीले स्वागत र सहसचिव भरत रकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रमलाई बर्षाले प्रभावित बनाएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो । प्रर्दशन र सभामा सहभागि हुन सदरमुकाम आसपासका साथै गाउँ गाउँबाट पनि नेता कार्यकर्ताहरु बेनीमा आएका छन् । उनिहरुले प्रधानमन्त्री ओलीको संसद बिघटन गर्ने कदम गलत र असंबैधानिक भएको, देशमा राजनीतिक अस्थिरता निम्ताएको, महँगो र भ्रष्ट्राचार नियन्त्रणमा बेवास्ता गरेको, बिकास निर्माणलाई उखान टुक्कामै सिमित बनाएको जस्ता नारा लगाएका छन् । सोमबारको बिरोध प्रर्दशनलाई म्याग्दीका काँग्रेसका नेताहरुले आफ्नो शक्ति प्रर्दशन भएको बताएका छन् । पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ । तस्बिर : सुरेन गुरुङ /साधन राम्जाली                                                                                                  [caption id="attachment_22613" align="alignnone" width="1024"] \[/caption]                        
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १७:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP