शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)
जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन १५, २०७७
DSC_0314
म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका साथै प्रदेश सरकारबाट आउने बजेटको योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार समन्वय समितिलाई दिने निर्णय गरेको छ ।   जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा भएको सभाले जिसस कोष र स्थानीय तहको साझेदारीमा सञ्चालित आयोजना कार्यान्वयनमा तदारुकता दिने, स्थानीय तहले गौरवका आयोजना अनुगमनका लागि जिससलाई बिवरण उपलब्ध गराउने र विभिन्न विकास आयोजना सम्बद्ध प्रदेश तथा संघ सरकारका मन्त्रालयमा माग गर्ने निर्णय पनि गरेको छ । हाल काठमाडौंको मदन पुरस्कार गुठीमा रहेको बेनी आक्रमणको चिनो मानिएको गोली लागेर छिया छिया भएको बिद्युतको पोल जिल्लामा ल्याएर संरक्षणसँग पर्यटन प्रर्वद्धनमा प्रयोग गर्ने निर्णय समेत भएको छ । ढिलासुस्ति भएका विकास आयोजना निर्माणलाई तिब्रता दिन समन्वय, अनुगमन र सहजिकरण गर्ने बिषयमा जनप्रतिनिधिहरुबीच छलफल भएको थियो । बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर पिप्ले भगवति, पोखरेबगर घार चित्रे लगायत सडक, नदी नियन्त्रण, खानेपानी लगायत ढिलासुस्ति भएका आयोजनालाई गति दिन अनुगमन र सम्बद्ध निकायमा पहल गर्ने बिषयमा सभामा छलफल भएको थियो । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बिषयगत कार्यालयले समन्वय नगरेको, बिद्युत, पुर्बाधार बिकासका योजना अलपत्र परेको भन्दै ध्यानाकर्षण गराउनुभएको छ ।।म्याग्दीको सबै क्षेत्रमा हिमाली जिल्लाको मापदण्ड लागु गरेर सेवा सुबिधा लाग गर्न संघीय सरकारलाई माग गरेको छ । गत वर्ष म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गरिएपनि आरक्षण कोटा, कर्मचारीको सेबा सुबिधा र अन्य बिषयमा लागु भएको छैन् । पहिरो पीडितको घर पुननिर्माणका लागि भने हिमाली जिल्लाको सुबिधा कार्यान्वयन भएको छ । सम्बन्धित स्थानीय तहले गरेका वडा र पालिका बिभाजनको निर्णय कार्यान्वयनका लागि संघीय सरकारका निकायमा सिफारिस गर्ने निर्णय समेत भएको छ । धवलागिरी गाउँपालिकाको सभामा वडा न. ४ मुदी र ७ ताकमलाई २÷२ वटामा बिभाजन गर्ने निर्णय भएको थियो । रघुगंगा गाउँपालिकालाई दुई वटा पालिकामा बिभाजन गर्ने गाउँसभाको निर्णय कार्यान्वयनका लागि सिफारिस गर्ने जिल्ला सभाले निर्णय गरेको छ । पुषको १५ गते भएको रघुगंगाको गाउँसभाले रघुगंगा नदिबाट पारि रहेका भुगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागि समेत अनुरोध गर्ने निर्णय गरेको थियो । वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरि नयाँ गाउँपालिका माग गर्ने निर्णय सिफारिसका लागि गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जिल्ला सभामा प्रस्ताव गर्नुभएको थियो । यसैगरी, ठूलो भूगोलमा छरिएका अन्नपूर्ण गाउँपालिकाको वडा न. ५ शिख र वडा न. ७ हिस्तानलाई बिभाजन गरेर दुई÷दुई वटा वडा बनाउन सिफारिस भएको छ । सेवाप्रवाहमा नागरिकको सहज पहुँच र बिकास निर्माणलाई ब्यवस्थित गर्न वडा बिभाजनको सिफारिसका लागि अन्नपूर्णका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले प्रस्ताव गर्नुभएको थियो । सभामा निमित्त जिल्ला समन्वय अधिकारी आकांक्षा रिजालले गत आर्थिक वर्ष २०७६÷७७ मा गरेका मुख्य मुख्य क्रियाकलाप र चालु आर्थिक वर्षको लागि प्रस्तावित बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो । चालु आर्थिक वर्षमा जिससलाई विभिन्न शिर्षकमा एक करोड ३६ लाख ३९ हजार रुपैयाँ बजेट प्राप्त भएको जानकारी गराइएको थियो । जिसस प्रमुख केसीले हालसम्म गरेका कामको समिक्षासँगै बाँकी कार्यकाल सफल र प्रभावकारी बनाउन सक्रीय समन्वयका लागि पालिकाका पदाधीकारीलाई आग्रह गर्नुभयो ।जिसस प्रमुख केसीको अध्यक्षता भएको कार्यक्रमको संचालन ना.सु.निर्मला भण्डारीले गर्नुभएको थियो भने जिसस सदस्य शेर बहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १६:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP