शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रथम मालिका महोत्सव हुने
प्रथम मालिका महोत्सव हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत १०, २०७७
received_543870456575636
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६  दरवाङमा ऐतिहासिक प्रथम मालिका महोत्सव आयोजना हुनेभएको छ ।म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो । दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघको इकाईका अध्यक्ष लेकबहादुर पुनले पर्यटन प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ,महोत्सवको गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले गर्नुहुनेछ  । “विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण थलिएको यहाँको पर्यटन र ब्यापार ब्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको हो ,”उहाँले भन्नुभयो ।महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक, पर्यटकीय स्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्र्याउन सहयोग पुग्ने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । महोत्सवमा पुरुष/महिला भलिबल, लोक दोहोरी, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रर्दशनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारहरुको गायन प्रस्तुति रहने उद्योग वाणिज्य संघ मालिका इकाईका सचिव अमृत सापकोटाले बताउनुभयो । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले ओझेलमा परेका प्राकृतिक स्थल,लोपोन्मुख कला संस्कृति र खेल प्रतीभाको उजागर हुनेमा विश्वास व्यक्त गर्नुभयो ।गाउँपालिका उपाध्यक्ष खर माया बिटालु र दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले पर्यटन प्रर्वद्धन गरि कोरोनाले थला परेको ग्रामिण क्षेत्रको ब्यापार ब्यवसायलाई चलायमान पार्न महोत्सवले सहयोग गर्ने बताउनुभयो  । लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय हुनेलाई क्रमश ः  ७५ हजार, ५० हजार र ३० हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ ।पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ः ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ , महिला भलिबलमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।कृषि प्रर्दशनीमा प्रथम, द्धितीय र तृतीयलाई क्रमश  १० हजार, पाँच हजार र तीन हजार तथा नौमति बाजामा सहभागि समूहलाई छ÷छ हजार र ख्याली नृत्यमा सहभागिलाई पाँच /पाँच हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । लोकगायक खड्ग गर्बुजा, कुमार पुन लगायत कलाकारहरुको प्रस्तुत महोत्सवको थप आकर्षण हो । महोत्सवको १४ वटा उपसमिति बनाएर तयारी सुरु भएको छ । ३३ लाख रुपैयाँ  आम्दानी र २८ लाख रुपैयाँ खर्च हुने महोत्सवबाट बचत हुने रकम पर्यटन पूर्बाधार निर्माण र प्रर्वद्धनमा खर्च गरिने आयोजकले जनाएका छन् ।पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सन्तोष पौडेल र म्याग्दी उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य गोपालप्रसाद रेग्मीले पनि बोल्नुभएको थियो ।मालिका धुरि, दुरलेक, देविस्थान मालिका, सोलेडाँडा, स्लेट र तामा खानी, भाले बास्ने, निस्कोट, बिम बराह र गाइखर्क ताल लगायतका पर्यटकीय स्थल छन् ।  
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १९:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP