शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • शिख माविमा छात्रावास भवन निर्माण सुरु ,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा शिलन्यास
शिख माविमा छात्रावास भवन निर्माण सुरु ,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा शिलन्यास
Suren Gurung
Suren Gurung आइतबार, वैशाख १२, २०७८
building (4)
शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिमा नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय नमुना आवासिय विद्यालयको भौतिक पुर्वाधार तर्फ निर्माण हुन लागेको तीन तले ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले आइतबार एक कार्यक्रमका विच शिलन्यास गर्नुभएको हो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले आवासिय छात्रावास भवन निर्माण भएपछि दुर्गम क्षेत्रका विद्यार्थीलाइ थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासलाई जोड दिएको उहाँको भनाइ थियो । विद्यालयमा अध्ययन गरेका ब्यक्तीहरु राज्यको उच्च तह सम्म पुग्नु गौरबको बिषय भएको बताउनुभयो ।साथै गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले विद्यालयलाई शिक्षाको क्षेत्रमा अगाडी ल्याउनका लागि अन्नपुर्ण गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । छात्रावास भवन बनाउन दुई करोड रुपैयाँ लागत अनुमान गरेर आह्वान गरिएको ठेक्का ३०.०२ प्रतिशत घटेर ढोरपाटन निर्माण सेवा प्रालिले पाएको छ । यही असार मसान्त भित्रमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको विद्यालयका प्रअ केदार कार्कीले जानकारी दिनुभयो । बालमैत्री नमुना आवासीय छात्रावास भवन निर्माण हुनेछ । उहाँका अनुसार सोही पहिलो चरणमा गत बर्ष प्रदेश सरकार र गाउँपालिकाको संयुक्त साझेदारीमा एक तलाको दश कोठे भवन निर्माण गरिएको छ । आवासिय छात्रावास निर्माण भएमा टाढाबाट आउने विद्यार्थीहरुलाई सहज हुने विद्यालयका प्रअ कार्कीले बताउनुभयो । कक्षा एक देखी १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा दुई सय १५ जना बढी विद्यार्थी अध्ययनरत छन् । विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था मिलाउने सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । छात्रावासमा घर टाढा भएका विद्यार्थीलाई खानेबस्ने सुविधा हुनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  २१:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP