शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीको मोतिचौर बराहमा १०८ धारा निर्माण (फोटो फिचर)
म्याग्दीको मोतिचौर बराहमा १०८ धारा निर्माण (फोटो फिचर)
अमित विश्वकर्मा
अमित विश्वकर्मा सोमबार, असार १४, २०७८
205315966_353330122803462_5518781985977388141_n
अमित बिश्वकर्मा म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालीका –३, दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एबँ पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो । आर्थिक बर्ष २०७७÷०७८ मा अन्नपुर्ण गाउँपालीकाबाट बिनियोजित रु आठ लाख, देश तथा बिदेशमा रहेका दाना बासीहरुबाट प्राप्त सहयोग रु एघार लाख र रु ३ लाख बराबरको स्थानीयको श्रमदान गरि कुल २० लाखको लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गंगा बहादुर थापाले बताउनुभयो । मोतीचौरमा शिद्घ र बराहको मन्दिर रहेको छ । जहाँ प्रत्यक बर्ष जनै पुर्णिमाको अबसरमा बिशेष पुजाआजा हुने गर्दछ । जिल्ला र जिल्ला बाहिरका भक्तजनहरुले आफ्नो मनोकाक्षाँ पुरा गर्नका लागि बली सहित त्यहाँ भाकल तथा पुजा गर्न आउने गर्दछन । सन्तान नभएकाहरुलाइ सन्तानको बर प्राप्त हुने भएकाले पनि यस क्षेत्रको अझै बढि महत्व रहेको मोतिचौर बराह का संरक्षक टेक बहादुर थापाले बताउनु भयो । बली नदिइ पुजा गर्नेहरुका लागि १०८ धाराको छेउँमा लक्ष्मी नारायणको मन्दिर पनि निर्माण भइरहेको छ ।   मोतिचौर बराहका संरक्षक टेक बहादुर थापा, लेफ्टििनेन्ट बेल बहादुर पुर्जा, हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, अन्नपुर्ण गाउँ कार्य पालीका सदस्य थम बहादुर बिश्वकर्मा लगाएतको पहलमा उक्त धारा निर्माण गरिएको हो । पबित्र धार्मिक स्थलमा भक्तजनहरुलाइ आकर्षित गर्न र आन्तरिक पर्यटनलाइ पनि प्रबद्घन गर्नका लागि गाउँपालीका बाट बजेट माग गरि धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिब गंगा पुनले बताउनुभयो । यसले सो क्षेत्रको बिकास र प्रचारमा थप सहयोग पुग्ने पुनको भनाइ छ । भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी लिएर धारा बनाइएको छ । गाउँको शिरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र मोतिचौरमा धारा निर्माणका लागि युके लगाएत बिदेशमा रहेका दाना बासीहरुबाट करिब एघार लाख रुपैयाँ सहयोग प्राप्त भएको आर्थिक संकलन अभियानकर्ता ले.बेल बहादुर पुर्जाले बताउनुभयो । उहाँका अनुसार हिउँदमा पनि नसुक्ने १०८ वटा मुलहरु बाट पानी ल्याइएकोले पनि यो धाराको बिषेश महत्व रहेको छ । यहाँ स्नान गर्ने भक्तजनहरुको मन शुद्घ हुने र चिताएको पनि पुग्ने बिश्वास लिइएको छ । मातिचौरको धार्मिक पर्यटनलाइ बिकास गर्नका लागि यसै आबदेखि नै दाना, घट्टेखोला, डाँडागाउँ देखि कुलीबाङ्ग हुँदै द्वारी मोतिचौर पुग्ने सडक खन्न सुरु गरिएको छ । सो सडकलाइ निरन्तरता दिनका लागि आगामी आर्थिक बर्षमा पनि वडा बाट पन्ध्र लाख रुपैया बजेट बिनियोजन गरिएको अन्नपुर्ण गाउँपालीका ३ दानाका वडा अध्यक्ष नरसिङ पुनले बताउनुभयो । धारा निर्माण संगै त्यहाँ आबश्यक पुबार्धारका काम बाँकी नै रहेको छ । स्नान पश्चात कपडा फेर्ने ठाउँ, महिला पुरुष शौचालय, ब्यबस्थीत घेराबार, पानीको मुहानको उचित संरक्षण, शिद्घ र बराह मन्दिर मर्मत, प्रबेश द्वार निर्माण लगाएतका काम गर्न आबश्यक रहेकोले वडा, पालीका र देश बिदेशमा रहेका दाना बासीहरुलाइ सहयोगको आब्हान गरिएको उपभोक्ता समितिका सचिब एबँ स्थानीय संचारकर्मी गंगा पुनले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १९:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP