शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कैलालीमा भोलिदेखि जोर-बिजोर प्रणालीबाट सार्वजनिक सवारी साधन चल्ने
कैलालीमा भोलिदेखि जोर-बिजोर प्रणालीबाट सार्वजनिक सवारी साधन चल्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार १५, २०७८
धनगढी । कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा सार्वजनिक सवारी साधन जोर-बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेका हुन् । जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउने पाइनेछ ।अत्यावश्यक बाहेकका अन्य सवारीसाधनको हकमा जोर-बिजोर प्रणालीलाई निरन्तरता दिइएको छ । प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा बुधबारदेखि जिल्लामा होटल, रेष्टुरेन्ट र चिया पसलबाहेकका सबै पसल व्यवसाय बिहान ६ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । होटल, रेष्टुरेन्टले बिहान ६ देखि ८ बजेसम्म होम डेलीभरी भने गर्न सक्नेछन् । तर मानिसहरुको भीडभाड हुने सभा, सम्मेलन, गोष्ठी तथा कुनै पनि प्रकारका कार्यक्रम गर्न नपाइने जारी आदेशमा भनिएको छ । प्रमुख जिल्ला अधिकारी रिजालले यसअघि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै अगामी असार २२ गतेसम्म निरन्तरता दिने आदेश गरेका छन् । कैलालीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमण कम भए पनि जोखिम अझै कायमै रहेकाले संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्न स्थानीय प्रशासनले सबैमा अपिलसमेत गरेको छ । अनलाइनखबरबाट
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १२:४२
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP