शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विर सहित)
पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विर सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख १६, २०७६
IMG_4908

प्रताप बानियाँ
म्याग्दी, सोमबार बैशाख १६ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्यक्रम गरिएको हो ।

‘म्याग्दी भ्रमण वर्ष–२०७५’ अन्तर्गत शनिबार र आइतबार दुई दिनसम्म सदरमुकाम बेनीदेखि पोखरेबगर–घार–घोरेपानी–पुनहिल–फुलबारी–करबाकेली क्षेत्रमा पदयात्रा गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वको टोलीमा संघका पदाधिकारीसहित नवीन आनन्द योग शिविरमा आबद्ध योगीका साथै १९ जनाले सहभागी थिए ।

म्याग्दीका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी जिल्लामा पर्यटक बढाउन पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरिएको बताइएको छ । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा २०७५ साललाई म्याग्दी भ्रमण वर्ष मनाइएको सन्दर्भमा यसअघि रघुगंगा गाउँपालिकाको राखुभगवतीस्थित रुईसे तथा नेपालकै अग्लो दावी गरिएको बेग–बाँदुक जोड्ने झोलुङ्गे पुलमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम गरिएको संघका अध्यक्ष कर्माचार्यले बताए ।

उनका अनुसार दोस्रोपटक धौलागिरी गाउँपालिकाको प्रसिद्ध ताकम कोटमा कार्यक्रम गरिएकोमा तेस्रोपटक घोरेपानी क्षेत्रमा पर्यटनको कार्यक्रम लगिएको हो । पुनहिलबाट नागीको महरेडाँडा भएर पवर्तको फलामेडाँडा हुँदै म्याग्दीको बेनी पुग्न सकिने भएकाले संघले पर्यटकीय क्षेत्रको पहिचानका साथै प्रचारप्रसारका लागि ती क्षेत्रमा पुग्ने गरिएको अध्यक्ष कर्माचार्यले बताएका छन् । गएको वर्ष बैशाख ३० गते तत्कालीन स्वर्गीय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यमा ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ को उद्घाटन गरिएको थियो ।

समुन्द्री सतहदेखि २ हजार ८ सय ७४ मिटरको उचाइमा अवस्थित घोरेपानी र घोरेपानीको शिरमा ३ हजार २ सय १० मिटरको उचाइमा रहेको पुनहिल जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन् । म्याग्दी सदरमुकाम बेनीबाट सवारीसाधनमार्फत अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर–घार–शिख–चित्रे हुँदै घोरेपानी पुगिन्छ । त्यस्तै कास्कीको नयाँपुल, घान्द्रुक भएर पनि घोरेपानी र पुनहिलमा पुगेर रमाउन सकिन्छ ।

बेलुका घोरेपानीका होटलमा बास बसेर बिहान सबेरै पुनहिल पुगी सुर्योदय, हिमालको दृश्य अवलोकन गर्न पाइन्छ । पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, गूर्जा, मानापाथी हिमाललगायत दर्जनभन्दा बढी हिमश्रृङ्खलाहरुको प्रत्यक्ष दृश्यवलोकन गर्न सकिन्छ । संसारको सबैभन्दा ठूलो गुराँसे जङ्गल यसै क्षेत्रमा पर्दछ । जहाँ २७ प्रकारका लालीगुराँसहरु पाइन्छन् ।

यसैगरी घोरेपानी र पुनहिलदेखि केही तल करिब ३ हजार मिटरको उचाइमा अवस्थित फुलबारी पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ । पुनहिलबाट १ घण्टाको पैदलयात्रामा पुग्न सकिने फुलबारीबाट धौलागिरी र अन्नपूर्ण रेन्जका सबै हिमश्रृङ्खलाहरु देखिन्छन् । त्यस्तै राम्चेको काफलडाँडामा रहेको पुन मगरहरुको करबाकेली मन्दिरले पनि पर्यटकीय आकर्षण बोकेको छ । करबाकेली फुलबारीबाट झण्डै ४ घण्टा हिँडेर पुग्न सकिन्छ ।


प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  २०:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP