शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • पुर्णगाउँमा होमस्टे तालिम सुरु
पुर्णगाउँमा होमस्टे तालिम सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख २८, २०७६
home stay (9)

साधन राम्जाली
बेनी ,शनिबार बैशाख २८ गते ।

म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँमा उद्यमशिलता विकास एवम् होमस्टे तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा शनिबार देखी पुर्णगाउँमा १० दिने तालिम सुरु भएको हो ।

जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्षार्थी सहभागि भएका छन् । तालिममा प्रशिक्षक भुपेन्द्र कार्की र सौरब सापकोटाले प्रशिक्षण दिनुभएको छ ।


कार्यक्रमको उद्घाटन गर्नुहुँदै तालिमको समन्वय उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेल बहादुर कटुवालले होमस्टेले स्थानियलाई रोजगारी सिर्जना हुनुका साथै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने बताउनुभयो । उहाँले होमस्टे संचालनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउनुभयो । बरिष्ठ उपाध्यक्ष कटुवालले आर्थिक रुपमा आत्मनिर्भर बन्न उद्यमशिलता मैत्रि बन्नुपर्नेमा जोड दिनुभयो ।

आयोजक मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले स्थानिय पर्यटकिय स्थल तोड्केमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई लक्ष्यित तथा होमस्टे मार्फत स्थानिय बासिहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।

म्याग्दीको प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित तोड्के र झाक्रिपानी मंगला गाउृँपालिका रहेकाले होमस्टे संचालनमा सहज हुने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले पुर्ण गाउँ र झाक्रिपानीमा होमस्टे संचालनका लागि २० लाख रुपैयाँ बजेट अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो ।

कार्यपालिका सदस्य दिलकुमारी केसी,कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत सरिता गौतम , प्रशिक्षक कार्की र स्थानिय दुर्गादत्त आचार्यले मनतव्य व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष केसीको अध्यक्ष्यता ,उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कटुवालको प्रमुख आतिथ्यता,धौलागिरी पर्यटन परिषदका अध्यक्ष अमर बानियाँको स्वागत र उद्योग वाणिज्य संघका सचिव सुवर्ण रिजालको संचालनमा कार्यक्रम समापन भएको थियो ।


प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  २०:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP