शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
रघुगंगा गाउँपालिका
  • गृहपृष्ठ
  • पर्यटकीयस्थल टोड्केमा सामुदायिक रिसोर्टको उद्घाटन (फोटो फिचर)
पर्यटकीयस्थल टोड्केमा सामुदायिक रिसोर्टको उद्घाटन (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख २९, २०७६
IMG_8466

म्याग्दी,अाइतबार बैशाख २९ गते । पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा निर्मित सामुदायिक लज शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका, पश्चिमको मंगला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा बनाइएको सामुदायिक लजको उद्घाटन गरिएको हो ।

प्रालिमार्फत निर्माण गरिएको लजमा ९ जना संस्थापकसहित ३३ जनाले तीन करोड रुपैयाँ लगानी गरेका छन् । रिसोर्टमा लगानी गर्नेहरुमा पूर्व झीँवासी, टोड्के, पूर्णगाउँ र डडुवाका स्थानीयवासिन्दा रहेका छन्भने अमेरिका, जापान, हङकङलगायत विदेशमा रहेकाहरुबाट शेयर लगानी गरिएको छ । गत वर्षको जेठ महिनादेखि रिसोर्टका लागि आवश्यक संरचना निर्माणको कार्य थालनी गरिएको थियो । लजमा न्युनतम एकलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म लगानी गरिएको छ । रिसोर्टको शनिबार एक कार्यक्रमकाबीच ९० वर्षीय बयोवृद्ध कमी गर्बुजाले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले पर्यटकीय क्षेत्रमा रिसोर्ट निर्माणसँगै जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहयोग पुग्ने बताए । उनले आर्थिक विकास र रोजगारी सिर्जनाका लागि कृषि, जलविद्युत र पर्यटनमा लगानीको आवश्यकता रहेकोमा जोड दिँदै सामूहिक लगानीमा निर्माण गरी सञ्चालनमा ल्याइएको रिसोर्टलाई आगामी दिनमा दीगो रुपमा अगाडि बढाउन सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र मंगलाका उपाध्यक्ष सिर्जना केसीले पर्यटकीय क्षेत्रमा निर्माण गरिएको लजको सुरक्षाका साथै स्थानीय उत्पादनको प्रवद्र्धन तथा सडक संरचनाको स्तरोन्नतिलगायत विकासका पूर्वाधारहरुको निर्माणमा जोड दिइने बताए । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पर्यटन क्षेत्रमा भएको लगानीलाई सुरक्षित गर्न सरकार सधैं प्रतिबद्ध रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विरबहादुर थापा, क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, झीँका वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा र पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले मन्तव्य राखेका थिए । टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मिनबहादुर पाईजाको अध्यक्षता, सचिव भीम शेरचनको स्वागत र टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय कलाकारको सांस्कृतिक झाँकी प्रस्तुतीका साथै मगर समुदायले लोपोन्मुख पुर्खौली नृत्य प्रस्तुत गरेका थिए ।

खासगरी आन्तरिक पर्यटकलाई लक्षित गरी बनाइएको आधुनिक सुविधासम्पन्न रिसोर्टमा एट्याच बाथरुमसहित १० ओटा कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार, १० वटा टेन्ट हाउससहित करिब १ सय जनाको क्षमता रहेको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत डेढ घण्टाको यात्रापछि पुग्न सकिने आकर्षक गन्तव्य टोड्केबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ«े, मानापाथीलगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । टोड्केबाट बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छ । समुद्री सतहदेखि झण्डै २ हजार ५०० मिटरको उचाइमा अवस्थित टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकलाई लोभ्याउने गर्दछ ।


प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  ०६:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP