शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मालिका गाउँपालिका
  • गृहपृष्ठ
  • मालिकामा भक्तजनको भीड, मनोकामना पुरा हुने विश्वास (फोटोफिचर)
मालिकामा भक्तजनको भीड, मनोकामना पुरा हुने विश्वास (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ ५, २०७६
IMG_8813

साधन राम्जाली /दरबाङ,आइतबार जेठ ५ गते ।
मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखी करिब तीन हजार ४ सय उचाईमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठ पुर्णिमा र भाईटिका र बाला चर्तुदशिमा पुजाआजा सहित मेला लाग्ने गर्दछ ।

मालिकाको पुजाआजा ,दर्शन र भाकल गरेमा मनोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ ।
विक्रम संवत १९१० साल देखी पुजा हुँदै आएको मालिकामा वि सं १९६८ देखी मन्दीर निर्माण गरि विधिवत रुपमा पुजाआजा गरिदै आइरहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाईजाले जानकारी दिनुभयो ।


चण्डी पुर्णिमाको अवसरमा शनिबार तीन हजार बढी भतmजनहरुले मालिका मन्दिरमा पुजाआजा तथा दर्शन गर्न आएको मालिका मन्दीर क्षेत्र विकास समितिका सचिव ओम बहादुर रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला तथा अन्य छिमेकी बागलुुङ ,पर्वत ,स्याङजा,गुल्मी ,कास्की तथा काठमाण्डौ लगायत जिल्लाबाट भतmजनहरु आएका छन् । मगर पुजारीहरुद्धारा गरिने मालिकामा धजामेजा सहित नरिवल तथा परेवा र बोकाको बलि दिइन्छ ।

मेलिसिया गएको सात बर्षसम्म पनि माईला छोराको खबर नआएपछि ठाडाखानीका दिलबहादुर पुनले मालिकाको भाकल गरेसंगै छोराको विदेशबाट फोन र पैसा आएको उहाँले खुशिको आशुँ खसाल्दै भन्नुभयो । सात बर्ष पछि बेखबर छोरा सम्पर्कमा आएपछि छोराको सुस्वास्थ्य अनि दिर्घायुको कामना गर्दै नियमित मालिकामा पुजा गर्न आएको छु ।



मालिका मन्दीरमा पुजा गरेमा मनोकाङक्षा पुरा हुने भएकाले भाकल गरी पुजा गर्न आएको कास्कीको पोखराबाट आउनुभएकी अमला पुनले बताउनुभयो । मालिकामा बालबालिकादेखी बृद्धबृद्धा सम्मका भतmजनहरुले पुजा गर्न आउने गर्दछन् ।


शनिबार पुजालाई व्यवस्थित बनाउन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर सहित वडा नं ६ का अध्यक्ष सन्तनाथ जैसी इलाका प्रहरी कार्यालय दरबाङबाट सुरक्षाकर्मिको टोली ,मन्दीर क्षेत्र विकास समिति लगायत स्थानिय युवाहरुले सहजिकरण गर्नुभएको थियो ।

विहान पाँच बजेदेखी सुरु भएको पुजा साँझ सम्म संचालन भएको थियो । मालिकामा खानेपानी र बास बस्ने आवास नहुँदा भतmजनलाई सास्ती हुने गरेको छ ।


मालिका म्याग्दीको ऐतिहासिक एवम् प्रमुख पर्यटकीय स्थल भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो । मालिकामा आउने भतmजनलाई लक्ष्यित पुुर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । भतmजनलाई लक्ष्यित गरि गाउँपालिकाले गौरबको योजना अन्तर्गत वडा न.७ बिम र वडा नं ६ दुखु हुँदै मालिका जोड्का लागि सडक निर्माणको काम सुरु गरेको बताउनुभयो ।


उहाँले संघिय संरचना निर्माण संगै गाउँपालिकाको नाम पनि मालिका धुरीबाट नामाकरण गरिएको बताउनुभयो । साथै मालिकामा पुर्वाधार निर्माण र पर्यटन संग जोड्न पदमार्ग निर्माणका लागि गाउँपालिकाले विशेष गुरुयोजना बनाई पर्यटन बोर्ड ,प्रदेश र संघ सरकारसंग समन्वय गरी अगाडी बढ्ने अध्यक्ष रोका मगरको भनाई छ ।


मालिकादेखी सिस्ने,गुुर्जा,मानापाठी,धौलागिरी,निलगिरी,अन्नपुर्ण,माछापुछ्रे मनास्लु लगायत दर्जन हिमश्रृखला,सुर्याेदय र जिल्ला तथा छिमेकी जिल्लाको बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।




प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १८:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP