शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पर्यटकलाई सर्तसहित अनअराइभल भिसा खुला
पर्यटकलाई सर्तसहित अनअराइभल भिसा खुला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज ७, २०७८
nepal
काठमाडौँ । सरकारले नेपालमा घुम्न आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ। कोरोना संक्रमण तिब्र भएसँगै २०७६ फागुनदेखि सरकारले बन्द गरेको अनअराइभल भिसा खुला भएको हो। यो सँगै अब नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै भिसा पाउने भएका छन्। सरकारले विश्वभरी कोरोना संक्रमण पनि कम हुँदै गएको र खोपको मात्र पूरा गर्नेको संख्या बढेको भन्दै प्रचलित कानून अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड–१९ विरूद्धको खोपको दुबै मात्रा पुरा गरेका विदेशी पर्यटकले क्वारेन्टिन पनि बस्न नपर्ने निर्णय गरेको हो। योसँगै कोभिड सुरू हुनुअघि जुन–जुन मुलुकका नागरिकाले अनअराइल भिसामा नेपाल आउँथे, ती मुलुकका नागरिक अब अनअराइभल भिसामा आउन पाउने भएका हुन्। प्रचलित कानून बमोजिम नेपालमा अनअराइभल भिसा पाउन सक्ने कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको र दफा ३ को उपदफा (१) बमोजिमको कागजात पेश गर्ने विदेशी नागरिकलाई अध्यागमन विन्दूमा अनअराइभल भिसा दिइने र एण्टीजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइनेछ । यस्तै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतबाहेक अन्य मुलुकका नागरिकको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको, नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको, विदेशस्थित सम्बन्धित नियोगबाट नेपाल प्रवेशको लागि भिसा लिएको र दफा आवश्यक कागजात पेश गर्ने विदेशी नागरिकलाई अध्यागमन विन्दूमा एण्टीजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिने भएको छ। अध्यागमन विन्दूमा परीक्षण हुन नसकेमा निज बस्ने होटेलमा त्यस्तो परीक्षण गर्नुपर्ने छ। कोभिडको पहिलो लहर मत्थर भएपछि बिचमा पर्यटकले नेपाली दूतावासबाट भिसा लिएर नेपाल आउन दिइएको थियो । तर, वैशाखदेखि दोस्रो लहर फैलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय उडानसँगै पर्यटक आवागमन पनि बन्द गरेको थियो । कोभिडको कहर कम हुँदै गएपछि सरकारले विदेशी पर्यटकको आवागमन सहज बनाउने निर्णय गरेको हो। सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १६:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP