शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • घारखोला जलविद्युत आयोजनाकाे सुरुङ ‘ब्रेक थ्रु’ (फोटो फिचर)
घारखोला जलविद्युत आयोजनाकाे सुरुङ ‘ब्रेक थ्रु’ (फोटो फिचर)
Suren Gurung
Suren Gurung बुधबार, असोज १३, २०७८
Gharkhola-hydro-break-throw
घार । निर्माणाधीन घारखोला जलबिद्युत आयोजनाको सुरुङ ‘बे्रक थु्र’भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको तीन हजार पाँच मिटर लामो सुरुङ बुधबार जोडिएको हो ।बाँध तर्फबाट एक हजार ६०५ मिटर र आउटलेटबाट एक हजार चार सय मिटर लामो सुरुङ निर्माण भएको आयोजनाका इञ्जिनियर जोसेब बज्राचार्यले बताउनुभयो । ‘दुई वटा अडितबाट खनिएको यो सम्भवत नेपालको लामो सुरुङ हो,’ उहाँले भन्नुभयो, ‘भोलीदेखिनै सुरुङलाई कंक्रिट गर्न शुरु गर्छौ ।’ अर्थुङे स्थित नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्म अन्तर्गत घार स्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न बिस्फोटक पदार्थ प्रयोग गरिएको थियो । बि.स. २०७४ चैत महिनादेखि सुरुङ निर्माण शुरु भएको थियो । आयोजनाको हालसम्म समग्रमा ६२ प्रतिशत भौतिक प्रगति भएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण सकिएको सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चरका आयोजना ब्यवस्थापक ध्रुब मिश्रले बताउनुभयो । ‘बाँध नजिकै ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) निर्माण भएको छ,’ उहाँले भन्नुभयो ,‘डिसेन्डरदेखि सुरुङ सम्म २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ पोखरेबगर स्थित गोजेखोल्सीमा बिद्युतगृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । अमिलाकाफलमा रहेको आउटलेट देखि बिद्युतगृहसम्म ४८५ मिटर पेन स्टक पाइप जडान शुरु भएको छ । आउटलेट देखि बिद्युत गृहको दुरि एक हजार २०० मिटर र उचाई ४८५ मिटर छ । घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.ली. इन्डिया र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.ले उपकरण तयार पारेको छ । सिभिल ठेकेदारका दैनिक १५० जनाको हाराहारीमा मजदुरले काम गरिरहेका छन् । २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माण कोरोना, निषेधाज्ञा र बन्दाबन्दीका कारण केही ढिलाई भएको म्याग्दी हाइड्रोपावरका सञ्चालक होमबहादुर गलामी मगरले बताउनुभाये । उहाँले २०७९ असार महिनाभित्र आयोजना निर्माण सक्ने कार्यतालिका बनाएको बताउनुभयो । पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रशारण लाइन निर्माण गर्न ठेकेदार कम्पनी रोयल कन्ट्रक्सनले सामान आपुर्ति गरिसकेको छ । आयोजनाको परामर्शदाता हाइड्रो कन्सल्टका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले जटिल र प्रतिकुल भौगोलिक अवस्थाका बावजुद आयोजना निर्माण तिब्रताका साथ अघि बढेको बताउनुभयो । दुई अरब ४२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् । नागरिक उर्जा बुटवल लिमिटेडले पनि यस आयोजनामा लगानी गरेको छ ।  
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २२:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP