शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • कांग्रेसको जागरण अभियान औलमा
कांग्रेसको जागरण अभियान औलमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ १३, २०७६
cogress aul (2)

बेनी ,सोमबार जेठ १३ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रुपमा भव्यताका साथ तिब्रता दिएको छ ।एक महिना सम्म संचालन हुने पहिलो चरणको जागरण अभियान अन्तर्गत म्याग्दीमा पनि भव्यताका साथ तिब्र रुपमा अगाडी बढाइएको छ । यसैगरी सोमबार जिल्लाको अन्नपुर्ण गाउँपालिका ७ हिस्तानको औलमा नेपाली कांग्रेस म्याग्दीले जागरण अभियान संचालन गरेको छ ।

आमसभालाई सम्बोधन गर्नुहुँदै अभियानका संयोजक जिल्ला सदस्य ओम छन्त्यालले राज्यले जनता माथि गरेको दमन जनताबाट नै प्रतिकार गराउन र दुई तिहाईको सरकारको दम्भलाई तोडी देशमा सुशासन ,शान्ति तथा अमनचयन ल्याउन कांग्रेसले जागरण अभियान सुरु गरेको बताउनुभयो । उहाँले सरकार काण्डैकाण्डमा मुछिएको आरोप लगाउनुहुदै सरकार पुर्ण रुपमा असफल भएको बताउनुभयो ।

संयोजक छन्त्यालले विभिन्न बाहनामा देशलाई दुर्घटनामा फसाउन दुई तिहाईको सरकार लागि परेको बताउदै देशको रक्षाका लागि सबै सचेत नागरिक एक हुनुपर्नेमा जोड दिनुभयो । साथै जनताको आवाज राज्यको चौथो अंग पत्रकारहरुलाई दुई तिहाईको बलमा प्रतिबन्ध लगाउनु सरकारको ठुलो गल्ति भएको बताउनुभयो ।
साथै भ्रष्टाचार,हत्या हिंसा ,बलात्कार जस्ता गम्भीर विषलाई नियन्त्रण गर्नुको सातो बढवा दिने काम गरेको आरोप लगाउनुभयो ।

यसै गरी प्रवत्ता अजयमिलन श्रेष्ठ ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन तथा अभियानका सहसंयोजक एवम् जिल्ला सदस्य हिरा पुन मगरले जनताको आधारभुत आवश्यतालाई कुल्चेर ठुलाठुला सपना देखाई हावामा हिड्ने गरेको बताउनुभयो । देश र जनताले आधारभुत गास,बास, कपास तथा स्वास्थ्य सेवा पाउन नसकेको समयमा प्रधानभन्त्री ओलीले रेल पानिजहाजको कुुरा गर्नु धरातल भन्दा बाहिरको भएको बताउनुभयो ।

साथै सरकारले जनताको आवाज स्वतन्त्र पत्रकार माथि ल्याउन खोजिएको दमनकारी प्रेस काउन्सिल विधेयक फिता गर्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष गम बहादुर पुनको अध्यक्षता तथा जिल्ला सदस्य मनकुमारी विकको संचालनमा कार्यक्रम समापन भएको थियो ।


प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १८:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP