शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा श्रीमद्भागवद गीता ज्ञान महायज्ञ शुरु,धर्मलाई पर्यटन संग जोड्नु पर्छ : मन्त्री कंडेल
म्याग्दीमा श्रीमद्भागवद गीता ज्ञान महायज्ञ शुरु,धर्मलाई पर्यटन संग जोड्नु पर्छ : मन्त्री कंडेल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक २५, २०७८
maha4
बेनी । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु भएको श्रीमद्भागवद गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले धर्मको माध्यमबाट पनि पर्यटन विकास गर्न सकिने बताउनुभयो । 'देशभित्रै पनि मानिसले एकबाट अर्काे ठाउँमा गएर समय बिताउँदा आर्थिक गतिविधी हुन्छ । अबको तिर्थयात्रा पनि पर्यटन हो , ' उहाँले भन्नुभयो 'हामीले पनि पर्यटन विकासका लागि धार्मिक स्थलको संरक्षण र प्रवद्र्धनका साथै पूर्वाधार निर्माणमा प्राथमिकता दिएका छौँ । ब्रह्याकुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीको आश्रम व्यवस्थित गर्नका लागि प्रदेश सरकारले सघाउने मन्त्री शर्माले बताउनुभयो । मन्त्री शर्माले नसर्ने रोगबाट बच्नका लागि तनाव व्यवस्थापन , सकारात्मक सोच , शुद्ध एवं सन्तुलित भोजनमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद बिनोद केसी , जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी , बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ लगायतले व्यवस्थापन र शान्ति कायम गर्न राजयोग प्रशिक्षण केन्द्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । ब्रह्याकुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा पाँच दिनसम्म बिहान ११ देखि दिउँसो १ बजेसम्म तनाव व्यवस्थापक एवं गीता विशेषज्ञ राजयोगिनी ब्रहयाकुमारी अमृत एम. एस्सीले प्रवचन गर्नुहुने भएको छ । आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान , तनाव व्यवस्थापन एवं आन्तरिक दण्दको निरुपण्न , सर्वाेच्च शक्तिसंग सम्बन्ध एवं कर्मयोग , मनलाई नियन्त्रण गर्ने कला, कर्मको गहन गति, जीवनमा दैवी गुणको धारणा , सृष्टि नाटकको रहस्य , मन–बुद्धी–संस्कारको दिव्यीकरण्म, राजयोग साधनाको अभ्यास , खुसी , सन्तुष्टि र आनन्दको अनुभूतिका विषयमा प्रवचन गरिने ब्रह्याकुमारी रिनाले बताउनुभयो । मानव व्याप्त चिन्ता, तनाव , निराशा, दु स् ख , भय र असुरक्षाले सृजित समस्याहरुलाई सत्य ईश्वरीय ज्ञान र योगको माध्यमबाट समाधान गरी जीवनमा खुसी , सुख, शान्ति , आनन्दका साथै ईश्वरीय शक्ति एवं वरदान प्राप्तिको अनुभूति गराउने उद्ेश्यले व्यवहारिक एवै वैज्ञानिक प्रवचन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । महायज्ञको अवसरमा ब्रह्याकुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र  बेनीको आश्रम व्यवस्थापनका लागि सहयोग गर्न अपिल समेत गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १७:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP