शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • शिख माविको ६७ औँ वार्षिकोत्सवमा एक करोड रुपैयाँको अक्षयकोष घोषणा
शिख माविको ६७ औँ वार्षिकोत्सवमा एक करोड रुपैयाँको अक्षयकोष घोषणा
Suren Gurung
Suren Gurung बुधबार, मंसिर १५, २०७८
262169423_1040402853200751_2690345215288907713_n
सुरेन गुरुङ म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्थित शिख मावीले आफ्नो ६७ औं बार्षिकोत्सव मनाएको छ । बुधबार एक कार्यक्रमका विच विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा प्रमुख अतिथिमा सुबेदार मेजर डिल्लीराज गर्बुजाले तल्लो , उपल्लो शिख, स्वात , फलाते , किन्दुको शिक्षा र कृषि क्षेत्रको विकासका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरिएको घोषणा गर्नुभयो । डिल्लीराज , क्याप्टेन उमेशकुमार पुन र शिख्तानी समाज युकेका पूर्व अध्यक्ष दान बहादुर गर्बुजाको तर्फबाट कोष स्थापना गरिएको बताउनुभयो । शिख माविको कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याएर उत्तिर्ण हुने प्रथम, दृतिय र तेस्रो हुनेलाई उच्च शिक्षामा सघाउने र कृषि विशेष गरेर खेतीलाई प्रवद्धन गर्न कोष परिचालन गरिने बताउनुभयो । डिल्लीराज, उमेश र दान बहादुर एकै परिवारका दाजुभाइ हुनुहुन्छ । दाजुभाइ मिलेर कोष बनाएको डिल्लीराजले बताउनुभयो । शिखमा जन्मिनुभएको उहाँहरु बेलायतमा बस्नुहुन्छ । कोषको ब्याजबाट विद्यार्थी र शिख्तानी समाजमा धेरै आलु उत्पादन गर्ने कृषकलाई वार्षिक रुपमा पुरस्कृत गर्ने डिल्लीराजले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर बुद्धुजाको अध्यक्षतामा , खेम बहादुर पाईजाको सञ्चालनमा सम्पन्न कार्यक्रम प्रअ केदार बहादुुर कार्कीले आय व्यय विवरण , शैक्षिक र भौतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विद्यार्थीहरुले गित र नृत्य तथा पिटी परेड प्रस्तुत गरेका थिए । विद्यार्थी र अभिभमवकहरुबीच विभिन्न खेलकुद प्रतियोगिता पनि भएको थियो ।  
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  २०:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP