शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा नयाँ पर्यटकीय गन्तव्य खोजिदैँ
म्याग्दीमा नयाँ पर्यटकीय गन्तव्य खोजिदैँ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर २१, २०७८
DSC_0025
म्याग्दी । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएका छन् । सो टोलीलाई म्याग्दीमा स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राधल एजेन्ट्स (नाता) को टोली म्याग्दीका नयाँ पर्यटकीय स्थलको सम्भाव्यता अध्ययनका लागि आएका हुन् । पर्यटन बोर्डको प्रदेश कार्यालयका प्रबन्धक नविन पोखरेल , नाटाका प्रदेश अध्यक्ष सञ्जय कान्त सिग्देल , तारा गौतम सहितको टोलीले नयाँ गन्तव्यको अवलोकन, सरोकारवालासँग अन्तरक्रिया शुरु गरेको छ । म्याग्दीको पर्यटकिय स्थल टोड्के र मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा , भुरतुछो र सेकुङ ताललाई प्रवद्र्धन गर्ने योजना रहेको नाटाका तारा गौतमले बताउनुभयो । टोलीले पर्यटकीय स्थलहरुको निरिक्षण गरेर पर्यटक ल्यागनका लागि प्याकेज बेच्ने गौतमले बताउनुभयो । कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रबन्धक नविन पोखरेलले म्याग्दी जिल्ला पर्यटक यात्रीहरुका लागि चौतारी भएकाले गन्तव्य मुस्ताङ बनाएर आउने पर्यटकलाई म्याग्दीमा थकाई मार्न सक्ने गरि पर्यटन पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दुध दिने गाईलाई धेरै घाँस हालिन्छ भन्ने उखान सम्झिदै जहाँ पर्यटनको सम्भावना छ त्यहाँ पर्यटन बोर्ड पुग्ने बताउनुभयो । कार्यक्रममा नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिक्देलले पर्यटकीय स्थलहरुलाई चिनाउनका लागि आन्तरिक पर्यटककै अथवा स्थानीयकै भूमिका महत्वपूर्ण हुने हुँदा म्याग्दीको पर्यटकीय स्थलमा पहिला म्याग्देलीहरु नै पुग्नु पर्ने धारणा राख्नुभयो । पछिल्लो समयमा म्याग्दीको टोड्के आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेकाले यसको थप प्रचारप्रसारका लागि भ्रमण स्थलको रुपमा टोड्केलाई छनौट गरिएको उहाँले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालको अध्यक्षता, र महासचिव अमित बानीयाँको संचालनमा सम्पन्न भएको स्वागत कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले समापन गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै श्रेष्ठले सडकले गर्दा पदमार्गहरु ओझेलमा परेकाले त्यसतर्फ पनि सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको बताउनुभयो । साथै कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघले विभिन्न समयमा प्रकाशन गरेको स्मारिका पर्यटन बोर्ड र नाटालाई प्रदान गरिएको छ । भ्रमण टोलीमा पर्यटन बोर्ड, नाटाका पदाधिकारी, गण्डकी प्रदेशका पर्यटन ब्यबसायी, तथा संचारकर्मीहरु सहित २८ जना सहभागी छन ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १३:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP