शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • पाकिस्तानमा हिउँमा रमाउन गएका २२ जनाको मृत्यु, सयौँ अलपत्र
पाकिस्तानमा हिउँमा रमाउन गएका २२ जनाको मृत्यु, सयौँ अलपत्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २५, २०७८
b
एजेन्सी । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका परेका कम्तीमा २२ जनाको मृत्यु भएको छ। मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्। स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका भएको बीबीसी उर्दूले जनाएको छ । हिउँमा फसेर ज्यान गुमाउनेमा एक प्रहरी, उनकी श्रीमती र उक्त दम्पतीका छ सन्तान छन् भने अर्को एक परिवारका पनि पाँच जनाले ज्यान गुमाएका छन् । सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेको छ। गृहमन्त्री शेख रसिदका अनुसार राजधानी इस्लामाबादबाट उत्तरमा रहेको त्यस क्षेत्रमा यात्रा गर्नेहरूको सङ्ख्या उच्च भएकाले सङ्कट सिर्जना भएको हो।मरी नगरमा केही दिनयता एक लाख वटाभन्दा बढी गाडी पुगेका थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यहाँ हिउँ खेल्दै रमाएको देखिने तस्बिरहरू प्रेषित गरेका थिए। तर शुक्रवार स्थानीय सञ्चारमाध्यमले त्यहाँ पर्यटकहरू हिउँमा फसेको जानकारी सार्वजनिक गर्‍यो।शनिवारसम्ममा ठूलो हिमपात भएपछि तथा सवारीसाधनको चाप बढेपछि सरकारी अधिकारीहरूले उक्त नगरलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरे।सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडिओमा गाडीहरूको छानासम्मै हिउँ जमेको देखिन्छ। आकस्मिक सेवामा खटेका निकायका अनुसार मृत्यु हुनेमा १० बालबालिका छन्।प्रहरीका अनुसार कम्तीमा छ जनाको गाडीमै कठ्याङ्ग्रिएर मृत्यु भएको हो।धुवाँमा सास फेर्दा अक्सिजन कमी हुनुलाई मृत्युको सम्भावित कारण मानिएको छ।'मानिसहरूले भयानक अवस्थाको सामना गरिरहेका छन्,' उक्त क्षेत्रमा अलपत्र परेका पर्यटक उस्मान अब्बासीले समाचारसंस्था एएफपीसँग फोनमा भने। उनका अनुसार त्यहाँ ग्यास र पानीको अभाव भएको छ। त्यसैले कारण 'पर्यटक मात्रै नभई स्थानीय जनता पनि गम्भीर समस्यामा परेको' उनले बताए। स्थानीयवासीहरूले त्यहाँ फसेका पर्यटकलाई ओढ्ने र खाना उपलब्ध गराएका छन्।समुद्र सतहबाट २,३०० मिटरमा रहेको स्थानसम्म पुग्न सकेका मानिसलाई सरकारी भवन र विद्यालयहरूमा आश्रय दिइएको छ। प्रधानमन्त्री इमरान खानले पर्यटकहरूको 'दुःखद मृत्युू प्रति शोक व्यक्त गरेका छन्।उनले पर्यटकहरू मौसमको अवस्था विचार नगरी पुगेकाले जिल्ला प्रशासनले तयारी गर्न नसकेको समेत प्रस्ट्याए।'यस्ता विपद्हरूको रोकथाम सुनिश्चित गर्नका लागि छानबिन र कडा नियमहरू लागु गर्न निर्देशन दिइएको छ,' खानले ट्विटरमार्फत् भनेका छन्। मरीलाई १९ औँ शताब्दीमा बेलायतीहरूले आफ्नो सेनाका लागि चिकित्सकीय केन्द्रका रूपमा निर्माण गरेका थिए। बीबीसीबाट
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १०:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP