शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • दरबाङ–म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू (तस्बिरहरु)
दरबाङ–म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ २४, २०७८
darbang-myagdikhola hyadro (3)
बेनी ।२५ मेगावाट क्षमताको आयोजनाको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाले जनाएको छ । आयोजनका साइट ईन्जिनियर बालकुमार रोकाले २ सय ५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुबै तर्फ सुरुङ निर्माण सुरु हुने बताउनुभयो । ‘अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ’ उहाँले भन्नुभयो । आइतबारदेखि सुरू भएको सुरुङ निर्माणको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले सुरुवात गर्नुभएको थियो। darbang-myagdikhola hyadro कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष सुबेदी, वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन र वडा नम्बर ७ का वडा अध्यक्ष रेशम जुग्जाली, आयोजनाका सञ्चालक चित्र पुन र अमित गौचन लगायत प्राविधिक टोलीको उपस्थिीति रहेको थियो । जलविद्युत आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणको कामलाई तिब्र गतिमा अगाडी बढाउने बताउनुभयो । ‘टनेलमा उत्साहजनक प्रगतिसहित समयमै आयोजनाको काम सम्पन्न गर्नेछौ,‘प्रभावित क्षेत्रका बासिन्दालाई लगानीका लागि समेत अवसर छ’ अध्यक्ष कुँवरले भन्नुभयो । उहाँले अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरि दुई सिफ्टमा हुने समेत बताउनुभयो। म्याग्दी खोलाबाट विद्युत निकाल्न प्रवासी म्याग्दीली र स्थानीयहरुको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो । darbang-myagdikhola hyadro मालिका गाउँपालिका–७ ,बिम र वडा नं ५ ,देविस्थान र धवलागिरि गाउँपालिका–७, को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १ सय मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने छ । ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणमा ५ अर्ब १५ करोड  रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका प्रवन्ध निर्देशक ईन्जिनियर हर्कमान घर्ति मगरले जानकारी दिनुभयो । आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सवस्टेशन मार्फत केन्द्रिय प्रशारणमा जोडीनेछ । हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिदबिक्री हुने सम्झौता भएको छ । आयोजनाको साईट कार्यालय, आवासगृह सहितका भौतिम संरचना समेत तयार भइसकेको छ भने पहिलो, दोस्रो कोराना भाइरसकाका कारण निर्माणकार्यमा समस्या भएपनि अहिले जनशक्तीको ब्यवस्थापन भएकाले तिब्र गतिमा अगाडी बढेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०७:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP