शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
धवलागिरी गाउँपालिका
  • गृहपृष्ठ
  • दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनर्निर्माण,करिब साढे पाँच महिना पछि बल्यो विजुली (फाेटाे फिचर)
दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनर्निर्माण,करिब साढे पाँच महिना पछि बल्यो विजुली (फाेटाे फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन २, २०७८
273841188_464463091840265_494510348691779641_n
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ लुलाङमा करिब साढे पाँच महिना पछि विद्युत सेवा सुचारु भएको छ । २० भदौमा दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो । सो परियोजना पुनर्निर्माण भएपछि करिब साढे पाँच महिना पछि विद्युत सेवा सुचारु भएको हो । गाउँपालिकाबाट विनियोजित १२ लाख रुपैयाँ र गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनको सिफारिसमा स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फ १० लाख रुपैयाँ गरी २२ लाख रुपैयाँ लगानीमा परियोजना पुनर्निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले जानकारी दिनुभयो । गत पुस महिनाबाट बाढीले बगाएको परियोजना मर्मतको काम थालिएकोमा आइतवार परिक्षण उत्पादनको काम सम्पन्न भएको पाईजाले बताउनुभयो । परियोजनाबाट गाउँका तीन सय ५५ घरधुरीमा विद्युत सेवा पुगेको छ । बत्ति बलेपछि टुकीको भरमा विद्यार्थीहरुले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिंकिजा पुनमगरले बताउनुभयो । मोवाईल चार्ज, टेलिभिजन हेर्न र बालबालिकाको अध्ययनमा समेत सहजता मिलेको छ भने विद्युत सेवा सुचारु भएपछि गाउँमा रहेका कुटानी पिसानी गर्ने मिल, फर्निचर उद्योग र मासुपसल लगायतका घरेलु उद्योगहरुलाई राहत मिल्ने भएको छ । आईतवार परियोजनाको निरिक्षणमा पुग्नुभएकी गाउँपालिका अध्यक्ष थमसरा पुनले परिक्षण उत्पादन सफल भएको र स्थानीय उपभोक्ताहरुको बैठक बसेर नियमित रुपमा विद्युत सेवा सुचारु गर्ने तयारी भएको जानकारी दिनुभयो । ‘दुर्गम बस्ती महिनौँदेखि अन्धकारमा रहँदा निकै नै सास्ती भएको थियो, पालिकाले यहाँको समस्यालाई गम्भिरताका साथ लिएर समाधानमा जुटेपछि स्थानीयबासीलाई अन्धकारमै बसिरहनुपर्ने बाध्यता हटेको छ’, अध्यक्ष पुनले भन्नुभयो । बाढीले बगाएर क्षतिग्रस्त बनेको परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेट लगायतका मेसिन उपकरणहरु नयाँ फेरिएको छ भने मुहानमा २५ मिटर कुलो निर्माण र मर्मतको काम गरिएको छ । त्यसैगरि विद्युतगृह भवन नयाँ निर्माण गरिएको छ । खोलाको किनारदेखि केहि माथि सुरक्षित ठाउँमा विद्युतगृह निर्माण भएको कारण परियोजनाको उत्पादन समेत घटेर ३५ किलोवाटमा सिमित भएको समितिले जनाएको छ । २०७६ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको  ८५ लाख ९७ हजार रुपैयाँ, जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार लागतमा परियोजना निर्माण गरिएको थियो । गाउँपालिका अध्यक्ष पुन ,प्राविधिक टोली ,वडा अध्यक्ष गमबहादुर विक लगायत जनप्रतिनिधि ,वडा सचिव गिरीराज शर्मा ,युवा क्लब र स्थानीय बासीको उपस्थितीमा विद्युत परिक्षण गरिएको थियो । तस्बिर सौजन्य : भक्तबहादुर सिंकिजा पुन मगर
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०९:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP