शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाद्धारा आफ्नै एम्बुलेन्स सञ्चालन
धवलागिरी गाउँपालिकाद्धारा आफ्नै एम्बुलेन्स सञ्चालन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन १०, २०७८
Untitled-3
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको–एक बर्ष अघिको प्रयास सफल भएको हो । गत बर्ष नै खरिद गर्ने योजना भएपनि विभिन्न प्रक्रिया पुरा नभएका कारण यो बर्ष प्रक्रिया पुरा गरि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँका अनुसार २०७८/७९ को पहिलो गाउँसभाले एम्बुलेन्स खरिदका लागि २० लाख बजेट विनियोज गरेको थियो । एम्बुलेन्स खरिदका लागि भारतबाट एम्बुलेन्स खरिदमा १० लाख ७९ हजार ७६५ र गाडीको सिट व्यवस्थापन, पाटेसन, अक्सीजन लगायतको प्रवन्ध गर्ने कार्यमा थप रु १ लाख २७ हजार खर्च भएको अध्यक्ष पुनले बताउनुभयो । ‘अब केही दिनमा नै एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि, बनाउने, समिति गठन गनुपर्ने छ ।’ उहाँले भन्नुभयो, सतप्रतिशत गाउँपालिकाले मर्मत सम्भार गर्दा छिटो बिग्रिने र त्यसको सुरक्षा कम हुने भएकाले हामीले पालिकाका जनतालाई न्यूनतम शुल्कमा सेवा सुविद्या दिने गरि सञ्चालन गर्ने छौँ । एम्बुलेन्स सञ्चालनका लागि चालक गाउँपालिकाले नै राख्ने भएको छ । जिल्लाका गाउँपालिकाहरु मध्ये धवलागिरीले आफ्नै लगानीमा एम्बुलेसन्स सञ्चालन गर्न लागेको हो । गाउँपालिकामा एम्बुलेन्स नहुदा विरामीले नीजि गाडी महँगो भाडा तिरेर बिरामी सदरमुकाम बेनी आउने गरेका थिए । गाउँपालिकाको आफ्नै एम्बुलेन्स सञ्चालनमा आएपछि न्यून आयश्रोत भएका र गरिबहरुका लागि निक्कै उपयोगी हुने देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २०:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP