शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)
प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन २३, २०७८
DSC_0552
साधन राम्जाली बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा आयोजित रत्नेचौर धार्मिक महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताउनुभएको हो । कोरलादेखि त्रिबेनी मोक्षधाम सम्मको सडक निर्माणलाई तिब्रता  दिइएको बताउनुभयो । ‘धार्मिक पर्यटकको आगमनलाई बढाउन धार्मिक सर्किटको रुपमा मुक्तीनाथ–लुम्बनी –जनकपुर – विन्धबासीनी– मुक्तिनाथ रहेका छन् । सबै धार्मिक स्थललाई जोडेर भोलिका दिनमा धार्मिक पर्यटकलाई बृद्धी गर्ने प्रदेश सरकारको मुख्य उद्धेश्य हो ,’मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले धार्मिक क्षेत्रमा पनि रचनात्मक प्रतिस्पर्धा हुन जरुरी रहेको बताउनुभयो । खुल्ला समाज र खुल्ला व्यवस्थामा भएकोले हरेक क्षेत्रमा रचनात्मक प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो ।‘हामी सबै खुल्ला समाज ,खुल्ला व्यवस्था र समानताका आधारमा अगाडी बढ्न चाहन्छौं , यसका लागि हरेक क्षेत्रमा रचनात्मक प्रतिस्पर्धा हुन जरुरी छ ,’ उहाँले भन्नुभयो । समाज विकास र परिवर्तनमा धार्मिक गुरुहरुको महत्वपुर्ण भुमिका रहेको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले कालिगण्डकी सबैको आस्था,धरोहर ,संस्कृति र सभ्यता भएको बताउँदै कालिगण्डकीको सांस्कृतिक विकासको लागि प्रदेश सरकारले पहल थालेको बताउनुभयो । कालिगण्डकी शालिग्राम पाइने पवित्र नदी भएकोले गण्डकी प्रदेशलाई शालिग्राम मार्फत विश्व सामु चिनाउने अभियान थालिएको बताउनुभयो ।गण्डकी प्रदेश बहुधार्मिक,बहुभाषिक ,बहुजातिय र बहुसांस्कृतिक भएकोे उहाँले बताउनुभयो । ‘गण्डकी प्रदेश भित्र सबै चिजमा विविधता जुन छ त्यो भित्रको एकता सबै धर्मालम्बीहरुको आस्था ,विश्वास ,केन्द्रको रुपमा अगाडी बढाउन चाहन्छौं,यसमा यहाँहरुको पनि सहयोग रहनेछ ,’ उहाँले भन्नुभयो । यसैगरी मद्येस प्रदेशको भ्रमण गरी फर्किनुभएका मुख्य मन्त्री पोखरेलले ३ दिनको बीचमा विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गरेर धेरै जानकारी हासिल गरेको बताउनुभयो । जानकी मन्दिर, पोखरा र मुक्तिनाथको सम्बन्ध स्थापित गरेर धार्मिक पर्यटनमा प्रबद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । लक्ष्मीहरि भगवान मन्दिरको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा आयोजित महोत्सव आगमी ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव’ सञ्चालन हुने मन्दिरका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले बताउनुभयो । रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फी विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।प्रचारप्रसार संयोजक विक्रम बोगटीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शमा,कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’,संविधान सभा सदस्य तथा कांग्रेस म्याग्दीका पुर्व सभापति रेशमबहादुर बानियाँ ,उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,उपमेयर सञ्जु बरुवाल लगायतले बोल्नुभएको थियो ।  
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १९:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP