शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • यातायात महासंघद्वारा भाडा समायोजनको माग सम्बोधन नभए चैत्र १ गतेबाट आन्दोलनको घोषणा
यातायात महासंघद्वारा भाडा समायोजनको माग सम्बोधन नभए चैत्र १ गतेबाट आन्दोलनको घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन २४, २०७८
Screenshot (2)
काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी चैत्र १ गतेबाट आन्दोलनमा जाने घोषणा गरेको हो । महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्युनतम २६ प्रतिशतले बृद्धि गर्न र ट्याक्सीको हकमा सुरुवाती ८० रुपैयाँ तथा भाडा प्रति मिटर ६० रुपैयाँदरले समायोजन गर्न सरकारसँग माग गरेको हो । महासंघका अध्यक्ष डोलनाथ खनालले अन्तिम पटक भन्दै सरकारलाई ७ दिनको समय अवधिमा माग सम्बोधन गर्न आग्रह गरेको बताए । उनले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको आधारमा भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरे । अध्यक्ष खनालले विगतजस्तै आन्दोलनको निमित्त ७ दिने सरकारलाई अल्टिमेटम दिएको सनाउनु भयो । उहाँले केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पुर्ववर्तमानसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरुले नीजि क्षेत्रका कुनै निति निर्माण नगरीकन पलायन गराउन खोजेको आरोप लगाए । ‘केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पुर्ववर्तमानसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरुले नीजि क्षेत्रका कुनै निति निर्माण नगरीकन पलायन गराउने, लगानी ध्वस्त बनाउने, यसप्रति साझा दृष्टिकोण नबनाउने र आफै तड्पिएर कमजोर भएर जाने परिस्थितिको सृजना भएको छ', उहाँले भन्नुभयो । उहाँले २०६५ सालमा यातायात क्षेत्रको लागि सरकारले एउटा भाडा नीति बनाएको उल्लेख गर्नु भयो । सोही नीतिको आधारमा गत असारसम्म भाडादर कायम भइरहेको उनले  बताउनु भयो । ७३ सालदेखि ०७८ सालसम्म आइपुग्दा बाग्मती प्रदेशमा ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन नसकेको पनि उनले स्पष्ट पारे । उहाँले भन्नुभयो,‘०७३ देखि ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन सकेको छैन् ।’ संघीय सरकारले गत असार २८ गते भाडा समायोजन गर्दा डिजेलको मुल्य प्रतिलिटर १०७ रुपैयाँ रहेको र तत्पश्चात पटक–पटक मुल्य बृद्धि भै हाल डिजेल प्रतिलिटर १३३ रुपैयाँ कायम भएको पनि उहाँले जानकारी दिनु भयो । असार २८ गते पछि २७ रुपैयाँ पेट्रोलियम पदार्थको मुल्य बढेपनि आजसम्म भाडा समायोजन नगरेको उहाँले गुनासो पोख्नु भयो । चैत्र १ गतेबाट आफु्हरुले आन्दोलन गर्ने, त्यसबाट पर्ने कठिनाई र जिम्मेवारी राज्यले लिन पर्ने उनले बताउनु भयो । आजमात्रै सम्बन्धित मन्त्रालयमा गई मन्त्रीलाई ज्ञापनपत्र बुझाएर आएको उनले सुनाउनु भयो । उहाँले हवाइ यातायातमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको २४ घण्टामा हवाई भाडा बढ्ने तर आफुहरुको नबढेको भन्दै आपत्ति जनाए । कार्यक्रममा प्रेश विज्ञप्ती पढेर महासचिव भरत नेपालले सुनाउनु भएको थियो । ईपरीन्यूजबाट 
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०८:५५
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP